सुनकोसीमा टिप्पर खस्यो, २ जनाको जिवितै उद्दार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ पुष २०७१, बुधबार १४:५८

27sunkoshiसुनकोसी २ पौष । निर्माणाधिन रसुवागढी हाड्रोपावरको सामान बोकेर तिब्बतको खासाबाट काठमाडौंतर्फ आउँदै गरेको चीनिया टिप्पर सुनकोसी नदीमा खसेको छ। आज दिउँसो लगभग १ बजे टिप्पर नदीमा खसेको ईलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक मन्जिल मुकारुङले जानकारी दिए।

निरीक्षक मुकारुङका अनुसार नदीबाट २ जनाको जीवितै उद्दार गरिएको छ। उद्दार गरिएकामा चालक सोनाम तामाङ र अर्का नाम नखुलेका चीनिया नागरिक छन्। घाइते उनीहरुको बाह्रविसेस्थति क्रिस्टोन हस्पिटलमा उपचार भइरहेको छ। गाडीमा उनीहरु २ जना मात्र सवार रहेको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१