निर्मातको खनालले ‘यो सझने मन छ ’ ल्याउदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ पुष २०७१, बुधबार १०:०४

fsकाठमाडौ । चलचित्र निर्माता हरी खनालले दर्शक माझ छिट्टै अर्काे चलचित्र लिएर आउने भएका छन । निर्माता खनालले आफ्नो एकल निमार्णमा रहेको ‘यो संझने मन छ ’ नामक चलचित्र छ्टिैटै लिएर आउने भएका हुन् । यस अघि उनको निमार्णमा रहेको लक चलचित्रले ब्याबसायीक सफलता हासिल गरेपछी ठुलै लगानीमा यो सम्झने मन छ तयार पारेको बताउछन् ।

रिलिज डेट नतोकिएको यो चलचित्रमा किशोर खतिवडा, आयुस्मा श्रेष्ठ, सोहित मानन्धर, संझना प्याकुरेललगायतको मुख्य भुमिमा देख्न पाईन्छ । सामाजिक प्रेम कथाबस्तुमा आधारित यस चलचित्र प्रदर्शनमाा ल्याउनु पुर्वनै निर्माता खनाल पुन अर्को चलचित्र निर्माणको गृहकार्यमा जुटीरहेको छन् ।
केहि आधुनिक गीतको म्युजिक भिडियो समेत निर्र्देशन गरिसकेका उनले भबिष्यमा आफैले चलचित्र निर्देशन गर्ने सोच बनाएको हिमालय टाइम्सलाई बताए ।

पछील्लो समयमा नेपाली चलचित्र उद्योग धरासाही छ भन्ने निर्माता,निर्देशक र फिल्मीकर्मी भेटिएको अवस्थामा निर्माता खनाल भने चलचित्र स्वर्णिम रहेको तर्क गर्छन् । ‘नेपाली फिल्मी बजार प्राय अप्स एण्ड डाउन भईरहनु स्वभाबिक हो । अहिले यहा डिमान्ड भन्दा बढी सप्लाई भएको अवस्था भएकाले चल्ने किसिमका फिल्म भन्दा नचल्ने किसिमका फिल्मको बिग बिगीले बिगारेको छ ।’ उनले हिमालय टाइम्ससग भने ‘ उत्पादन भएको सामान बजारमा राम्रो भाउ पाउनको लागि सामानको गुणस्तरमा ध्यान दिनु पर्छ भन्ने कुरा सबैले बुझेमा नेपाली चलचित्रको भबिस्य स्वर्णिम छ । ’
यदी कसैले नेपाली फिल्मी बजारलाई नराम्रो भन्नेहरुलाई त्यो गलत बुझाई रहेको तर्क गर्दै उनि नराम्रो फिल्मलाई मात्र नहेरी राम्रो फिल्म हेरेर प्रशसा गर्ने बानि बसाल्न आग्रह गर्छन् । सबै फिल्म निर्माता र निर्देशकले क्वान्टिटी भन्दा क्वालिटीमा जोड दिएर फिल्म बनाएमा नेपाली चलचित्र राम्रो बन्ने सुझाव दिदै निर्माता खनाल फिल्मीबजार सुधार्नका लागि सरल उपाय भनेको समस्त प्रदशक, बितरक, निर्माताले फिल्मको गुणस्तरमा ध्यान दिएमा स्वत यस क्षेत्र राम्रो बन्ने बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१