वालविकास समाजले बालबालीका तथा महिलाहरुको पक्षमा गरेको कामको अनुगमन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७१, मंगलवार ०८:५१

प्रज्वल पौडेल

रामेछाप ।रामेछाप जिल्लाका ५ वटा गाविसका विभिन्न वस्तीमा रहेका विपन्न र शिक्षा वाट वञ्चित वालवालीकाहरुका पक्षमा काम गर्दै आएको वालविकास समाज काठमाण्डौंले आफुले काम गरेका समुहहरुको अनुगमन गरेको छ ।
सोमवार संस्थाले जिल्लाका सरोकारवालाहरुको उपस्थितीमा पकरवास–४ मा संस्थाले वालवालीका तथा महिलाहरुको पक्षमा गरेका कामहरुको स्थलगत अनुगमन गराई त्यसको प्रभावकारीताका वारेमा जानकारी गराएको हो । समाजले इट्टाभट्टामा अभिभावकहरुसँग गएका वालवालीकाहरुलाई स्थानिय स्तरमा पठनपाठन गरी गाउँमा नै वस्ने र उनीहरुका अभिभावकहरुलाई सचेतना सहित आयआर्जनका काम तर्फ उन्मुख गराउने उद्देश्य सहित संचालन गरिएको र त्यसवाट लक्षित समुह लाभान्वीत भएको प्रभावित वस्तीका महिलाहरुले अनुगमन टोली समक्ष वताएका थिए ।
अनुगमनको क्रममा समाजले स्थानिय स्तरमा समुह गठन गरी सचेतना सँगै समुहका महिलाहरुका लागि विभिन्न आयआर्जनका कार्यक्रमहरु संचालन गर्दै आएको मिलिजुली वचतसमुहकी अध्यक्ष चमेली मानन्धरले बताइन् । स्थानिय स्तरमा गठित उक्त संस्थामार्फत इट्टाभट्टा प्रभावित वालवालीकाहरुका परिवारहरुलाई एकिकृत गरी इट्टाभट्टामा वालवालीका लैजाँदा त्यसवाट पर्ने असर र दिर्घकालीन रुपमा उनीहरुले भोग्नु पर्ने समस्याका वारेमा अवगत भएपछि त्यसवडाका अधिकासं अभिभावकहरुले आफ्ना वालवालीकाहरुलाई इट्टाभट्टामा नलगी समाजकै सहयोगमा स्थानिय विद्यालयमा पढाउन थालेको समितिका अध्यक्ष शिवलाल मानन्धरले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१