भाइबुहारीलाई बिक्री गर्ने थुनामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार १३:०७

pakrau-final-police

काठमाडौँ ,२९ मङ्सिर । भाइबुहारीलाई बिक्री गरेको अभियोगमा एक दम्पतीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । मकवानपुरगढी ८ की २८ वर्षीया सानीमाया दंगाल -परिवर्तित नाम) लाई बिक्री गर्ने हेटौंडा ११ की आमाजू सावित्री र राजु घिमिरेेलाई थुनामा पठाइएको हो ।

दंगाललाई पाँच वर्षअघि भारतको कोलकातास्थित वेश्यालयमा लगेर बिक्री गरेको आरोपमा उनीहरूलाई प्रहरीले गत मंसिर ९ मा पक्राउ गरेको थियो । सानीमाया अशक्त अवस्थामा गत मंसिर ५ मा हेटौंडा नवलपुरस्थित माइती आइपुगेकी थिइन् । उनलाई भारत सिलिगुडीको एक गैरसरकारी संस्थ्ााले माइतीको जिम्मा लगाएको हो । आमाजू सावित्रीले ०६६ असारमा सानुमायालाई कोलकातामा काम गर्ने पतिसँग भेटाइदिने भन्दै वेश्यालय पुर्‍याएर बिक्री गरेकी थिइन् । सानु मायाका पति कोलकातामा काम गर्छन् ।

रक्सौलबाट उनलाई लठयाउने औषधि खुवाएर वेश्यालय पुर्‍याइएको थियो । कोठी सञ्चालकले सानुमायालाई चार वर्षपछि जिब्रो काटेर र कुटपिट गरेर मरणासन्न अवस्थामा सिलिगुडी बजारको फोहोरको थुप्रोमा फालिदिएका थिए । गैरसरकारी संस्थ्ााले फोहोरबाट उनको उद्धार गरी उपचारपछि माइती ल्याएर छाडिदिएको हो । जिब्रो काटेका कारण उनी प्रस्ट बोल्न सक्दिनन् । कुटपिटका कारण शरीरभरि घाउ छन् । हिँडडुल गर्न सक्ने अवस्थामा पनि छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१