अर्घाखाँचीमा बस दुर्घटना हुदा १५ जना यात्रु घाईते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार ०६:४३

अर्घाखाँची, २२ मङ्सिर ।  जिल्लाको हंसपुर गाविसमा बस दुर्घटना हुदा १५ जना यात्रु घाईते भएका छन् । संन्धिखर्कबाट गुल्मीको पुर्कोट दह जादै गरेको लु १ ख ५७५९ नम्बरको यात्रुबाहक बस हंसपुर ५ को रतनमारेमा दुर्घटना हुदा १५ जना यात्रु घाईते भएका हुन् ।
दुर्घटनामा परि घाइते हुनेहरुमा नवलपरासीका राम हरिजन, गुल्मी पुर्कोटदहकी कमला परियार, भोज वहादुर परियार, झविन्द्र घिमिरे, सिता भट्टराई, अर्घाखाँची हंसपुरकी पवित्रा दर्जी, प्यूठान सैतामारेकी टोपला घिमिरे, गुल्मी पुर्कोटदहका पुष्पा थापा, हाडहाडेका विष्ण्ुा थापा मधु पुन, मञ्जु चन्द, राधिका थापा, र प्यूठान वाङगेमरौठका रमेश सुनार घाइते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुमध्ये पुर्कोट दह ८ गुल्मीकी सिता भट्टराई पुष्पा थापा र हंसपुर २ की पवित्रा दर्जिलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि बुटवल अञ्चल अस्पतालमा रिफर गरिएको छ । १२ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । बस सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१