मोदीको ‘क्यारिकेचर’का कारण तीतो सत्य प्रसारणमा रोक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार ०९:४२
 काठमाडौँ गत साता नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको भन्दै सरकारले तितो सत्य प्रसारणमा रोक लगाएको छ । मिडिया हबको प्रायोजनमा नेपाल टेलिभिजनबाट प्रत्येक साताको बिहिबार प्रसारण हुँदै आएको हास्य टेलिऋंखला तीतो सत्य हिजो प्रसारण हुन सकेन ।
हिजो रातीको नेपाल टेलिभीजनको समाचार पछि प्रसारण हुनुपर्ने तीतो सत्यको ५ सय ७६ औं भाग प्रसारण नभएको भन्दै तितो सत्य युनिटले सेन्सर बोर्डका अधिकारीहरुले कार्यक्रमको प्रसारणमा रोक लगाएको आरोप लगाएका छन्।गत साताको तितो सत्यमा भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि काठमाण्डौ मात्र नभई मोदी भ्रमण जाने् गााउँ र गल्लीमा पनि विकाश भएको भन्दै, नेपालमा विकाश गर्नलाई मोदी आउनु पर्ने तर्क सहीत तितो सत्यले सरकारप्रति व्यगं गरेको थियो ।

काठमाण्डुको कपन क्षेत्रमा छायाँकन गरिएको उक्त ऋंखलामा कलाकार शिवहरि बैरागी नक्कली मोदीका रुपमा देखा परेका थिए ।समाजमा घटीरहेका घटना जनतासामु लैजान नदिएको भन्दै निर्देशक दिपकराज गिरीले सामाजिक संजाल फेसबुकमार्फत आपत्ति जनाएका छन् । उनले स्टाटसमा मोदी जस्तो ब्यक्तिको क्यारिकेजर गर्न किन नहुने भन्दै जवाफमा भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जस्मा हरेक प्रसिद्ध ब्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइने लगायतका कुरा उल्लेख गरेका छन् ।

यस्तो थियो अघिल्लो साताको तीतो सत्य

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१