कार दुर्घटनामा एकको ज्यान गयो, तीन घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७१, बिहीबार १४:५२

morang districtमोरङ,१८ मङ्सिर । मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा बिहीबार बिहान बा१०च ५५५१ नम्बरको सेन्ट्रो कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ गइरहेको उक्त कार लेटाङ–९ मा अनियन्त्रित भई दुर्घटना हुँदा लेटाङ–२ निवासी ५५ वर्षीया नरमाया श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते भएकी श्रेष्ठको पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएकी विराटनगर–१५ निवासी ६२ वर्षीया पदममाया श्रेष्ठको विराटनगरस्थित गोल्डेन अस्पतालमा र विराटनगर–५ निवासी २० वर्षीया मिना नेपाली र उनको दुई वर्षीय छोरा विज्ञान नेपालीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१