सर्बहारा नेताको छोरालाई बिहेमा भारतीय पैसाको माला, बुहारी सुनले छपक्कै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार ०७:०१

काठमाडौँ ,१५ मङ्सिर । केहि दिन अघि मात्र भएको बिबाहमा स्थानिय विकास मन्त्री समेत भईसकेका मन्त्री टोप बहादुर रायमाझीको छोराको विवाहमा इन्डियन पैसाको मालाले गला भरिएको देखिन्छ भने बुहारीको गलामा भने सुनले ढाकेको प्रष्ट देखिन्छ । नेपाली सर्बहारा बर्ग र शोषित पिंडित जनताको मुक्तीको लागि भनेर नेपालमा शुरु भएको जनयुद्धमा भावना विपरित हिडिरहेको नेताहरुले पछिल्लो समयमा जनताको अगाडि दिएका आश्वासन र सम्पूर्ण क्रान्तिकारी योद्धाहरुलाई देखायको सपना सबै भुलेर आज उनिहरु आफुले बिलासिताको जिबन बिताई रहेका छन ।

जनतासामू गएर पाँच रुपयाँमा विवाह गर्ने कुरा गर्दै हिड्ने नेताहरुको छोराछारीको विवाह भने यस्तो हुँदो रहेछ ।
‘सर्वहारा बर्गको नेतृत्व गर्ने’ पनि उनी नै हुन् ? जब सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने मान्छेले गैर सर्वहारा चरित्र देखाउन मिल्छ कि मिल्दैन ?  गैर सर्वहारा चरित्र देखाउनेले सर्बहारालाई मुक्ति मिलाउन सक्छ कि सक्दैन ? रायमाझीको छोराको विवाहले त्यो प्रश्न भने उठाएको छ ।  स्वभाविक रुपमा हिन्दु संस्कारमा हुर्केको नारीले सुनका गहना प्रति चासो प्रकट गर्छन, सुनलाई महत्व दिन्छन नै । त्यही संस्कृति र संस्कारको प्रभाव हो, रायमाझीको बुहारीको गलामा देखिएको सुन । जसलाई कुनै पनि सिद्धान्त र आदर्शले रोक्न सक्दैन, आखिर रोकेन पनि । तर यो एउटा यस्तो प्रतिनिधि घटना हो, जसलाई सिंगो कम्युनिष्ट आन्दोलनसँग जोडेर हेर्नु अनिवार्य बनेको छ ।
जनतालाई मुक्ति दिलाउने भनेको कम्युनिष्टहरुले नै हो, यसमा कुनै शंका छैन तर विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये यस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै । गरीब र सर्बहार बर्गहरुका लागि युद्ध लडेको बताउने माओबादी हरु के माओबादीले गरिब र सर्बहारा बर्गको लागि जो काम गरिरएको छ ?  सत्य कुरा बन्नु पर्दा गरिब र सर्बहारा बर्गको साथ लिएर जो माओबादी ले युद्ध लडेको थियो। हरेक ठाउमा गरीब र सर्बहारा बर्गहरु लाइ जो प्रयोग गरेको माओबादी आज आएर तिनै गरीब र सर्बहारा लाइ जो पाखा लाएको प्ररस्त देखिंछ। गरीबहरुले आधा पेट खाएर पालेको माओबादी आज आएर गरीबको भावना माथि खेलवाड गरेको छ।source biswo khabar

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१