नेविसंघ बेलायतमा भण्डारी नै आधिकारिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार १०:१२

आधिकारिकता सम्वन्धि विवाद चुलिरहंदा नेपाल विद्यार्थी संघ, बेलायतमा उमेश भण्डारी नै आधिकारिक अध्यक्ष रहेको जानकारी केन्द्रले दिएको छ । नेपाल विद्यार्थी संघका मुख्य सचिव शिव रिमालले १२ मंसिरमा एक विज्ञप्ति जारी गर्दै नेविसंघ बेलायतबारेविभिन्न प्रचारात्मक कुरा आएपनि भण्डारी आधिकारिक अध्यक्ष रहेको प्रष्ट पारेका हुन् ।रिमालको विज्ञप्तिमा भण्डारीलाईसंगठनको मुल्य, मान्यता र आदर्शलाई ध्यानमा राखी संगठन विस्तार गर्दै अघि बढ्न निर्देशन छ ।

बेलायत काँग्रेसमा भण्डारी संस्थापन पक्ष निकट मानिन्छन् । यसअघि भण्डारी नेपाल गएका बेला नेविसंघ, बेलायतका संस्थापकसभापति कुशल घिमिरेको विशेष पहल भन्दै लन्डनमा एउटा जमघट गरि संघमा एकता भएको भ्रम फैलाइएको थियो । उक्त भेलालेविनोद सुवेदीको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरिएको प्रचारप्रसार गरिए पनि नेपाल विद्यार्थी संघ, केन्द्रले उक्त कुरा भ्रमपूर्ण भन्दै उमेश भण्डारी ने बि संघ बेलायतको अध्यक्ष रहेको कुरा प्रस्ट पारेको छ। बिनोद सुबेदीले आफ्नो कार्यसमितिमा रहेका भनिएका गणेश दाहाल, राजन खकुरेल, यज्ञमूर्ति पाण्डे, प्रमोद टन्डन, नबराज कार्की, रेशम बस्याल लगायत अन्य सदस्यहरुले बिनोद सुबेदी र कुशल घिमिरेले आफ्नो अनुपस्थितिमा आफ्नो नामको दुरुपयोग गरेको भन्दै यस अघि नै अशन्तुस्टि ब्यक्त गरेका थिय।   1922365_577262842406409_4406493084309702029_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१