आज ११ बजेपछि जोर बिजोर लागू नहुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७१, शुक्रबार ०९:५८
काठमाडौँ ,१२ मङ्सिर  । सार्क सम्मेलनका क्रममा पाँच दिन उपत्यकामा सरकारले सवारीसाधन सञ्चालनमा लागू गरेको जोर बिजोर प्रणाली आज ११ बजेदेखि लागू नहुने भएको छ ।सार्कमा आएका पाहुनाहरु आज बिहान ११ बजेसम्म आ आफ्नो देश फकर्ने भएकाले त्यसपछि जोर बिजोर लागू नहुने ट्राफिक कार्यालयले जनाएको छ।
सार्क सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्ती नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी र माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन बिहीबार बेलुका नै विशेष विमानबाट  फर्किसकेका छन् भने बाँकी रहेका भुटानका प्रधानमन्त्री आज ११ बजे स्वदेश फर्कने छन् त्यस्तैगरी बंगालदेशी प्रधानमन्त्ती शेख हसिना बिहान १० बजे नै स्वदेश फर्कर्ने भएकाले त्यसपछि जोर बिजोर प्रणाली लागू हुने छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१