धार्मिक गुरु स्वामी अग्निवेशले बाराको गढीमाई मेलामा हुने पशुबलि रोक्न माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार ०७:४२

काठमाडौँ, २८ कार्तिक ।  भारतीय धार्मिक गुरु स्वामी अग्निवेशले बाराको गढीमाई मेलामा हुने पशुबलि रोक्न माग गर्नुभएको छ । बरियापुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा मनाइने मेला विश्वकै सबैभन्दा बढी पशुबलि दिइने मेलाका रुपमा परिचित छ । आज आयोजित पत्रकार सम्मेलनमा अग्निवेशले पशुबलि वैदिक सनातन धर्म विरोधी व्यवहार भएको र वैदिक संस्कृतिमा धर्मका नाममा पशुबलि दिनुपर्ने भनी उल्लेख नरहेको जानकारी दिँदै भने– यो मानव समाजका लागि लज्जाको विषय हो, पशुबलि पशुहत्याको विभत्स रुप हो, यसले विश्वमै हिन्दू धर्म र नेपालको बेइज्जती भइरहेको छ, कुनै बेला सती प्रथालाई पनि धर्मले भनेको भनिन्थ्यो, अहिले पशुबलिलाई पनि धर्मले भनेको भनिन्छ, तर यी सबै कुरा धर्मका नाममा भएका अन्धविश्वास मात्रै हुन् ।” गढीमाई मेलामा पशुबलि रोक्न माग गर्दै उनले आजै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पनि भेटेका थिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१