दाजुभाइको झगडामा खुकुरी हानाहान, ६ जना घाईते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार १६:१८

काठमाडौँ २६ कार्तिक । जग्गाको विषयलाई लिएर दाजुभाइबीच भएको विवाद झगडामा परिणत भएपछि भक्तपुर छालिङ्ग गाविस वडा नं। १ वनगाउँमा ६ जना घाईते भएका छन् ।

मंगलबार दिउँसो बारीमा काम गर्न गएका वर्ष ६५ का दाजु सानुप्रसाद वन र उनका परिवारलाई काम गर्न रोक्न गएका वर्ष ६१ का भाइ श्रीप्रसाद वन र उनका परिवारबीच भएको भनाभन साँझ झडपमा परिणत भएपछि खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिषर भक्तपुरका अनुसार अंशको विवादका कारण दाजुभाइ र उनीहरुका परिवार बिच भएको विवाद साँझ झडपमा परिणत भएपछि खुकुरी प्रहार भएको हो । श्रीप्रसाद वनका परिवारको खुकुरी प्रहारबाट सानुप्रसाद वन, उनका छोरा दिलिपप्रसाद वन र भतिजा रामेश्वर वन घाईते भएका छन् । यस्तै श्रीप्रसाद वन र उनका छोराहरु दिपेराम वन तथा दधिराम वन पनि घाईते भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१