जीप खस्दा आमाछोरा र चालकको ज्‍यान गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ कार्तिक २०७१, बुधबार ०७:२८
अर्घाखाँची २६ कार्तिक ।   अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घामा मंगलबार साँझ भएको जीप दुर्घटनामा  तीन जनाको  मृत्यु भएको छ।
चुत्राबेसीबाट हिले जादै गरेको लु१ज १४५३ नम्बरको जीप सन्धिखर्क नगरपालिका वाड न. १२ अर्घा घर्तीखोर दीपमा सडकबाट करिब पाँच सय मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा गाडी चालक धारापानी ६ रातामाटाका कमल बन्जाडे र सन्धिखर्क नगरपालिका वाड न. १२ अर्घा दीपका एक बर्षिय बालक कपिल खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसीले बताए।

मृतक कपिलकी आमा जमुना खड्काको उपचारकै  जिल्ला अस्पताल सन्धिखर्क  क्रममा  मृत्यु भएको प्रहरी नायव उपरीक्षक जिसीले बताए।



प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१