लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ कार्तिक २०७१, मंगलवार ०७:१९

बुटवल, २५  कार्तिक ।   शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुबिनीमा कार्तिक २९ देखि चार दिने अन्तराष्ट्रिय बौद्ध सम्मेलन हुँदै छ । लुम्बिनी बौद्ध बिहार अन्तगर्त थेरवाद बुद्धिष्टि एकेडेमी र म्यानमारको संघाईमा रहेको सितगु ईन्टरनेशनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनको बारेमा सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजक समितिले जनाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्नुका साथै बौद्ध संस्कृति र सम्पदाको सम्वद्धन, सुरक्षा र संरक्षण बिषयमा कार्यपत्र प्रस्तुत गरिने सम्मेलनमा ३० देशका ४ सय जना बौद्ध भिक्षु तथा बिद्वानहरु सहभागि हुनेछन् । मंसिर २ गते सम्म चल्ने सम्मेलनमा थेरवाद, महायान र बज्रयान तिनवटै सम्प्रदायसंग सम्बन्धित ९४ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने मिडिया संयोजक नविन चित्रकारले जानकारी दिए । नेपालका ४६ र बिदेशी ४८ जनाले कार्यपत्र प्रस्तुत हुने विश्व शान्ति बिहार मीनभवन काठमौण्डौका सदस्य सचिव भिक्षु निग्रोधले बताए । नेपाल लगायत रुस, वेलायत, जापान, स्वीडेन, स्वीजरल्याण्ड, इटली, बंगलादेश, श्रीलङ्का, पाकिस्तान, चीन, कोरिया, मंगोलिया, ईण्डोनेशिया, थाईल्याण्ड, कम्बोडिया, मलेसिया, म्यानमार, अमेरिका, अष्ट्रेलिया, भारत, भियतनाम, लाओस, आयरल्याण्ड, जर्मनी, फ्रान्स, ब्राजिल, अष्ट्रिया, स्कटल्याण्ड र भुटानका बौद्ध भिक्षुहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । तीन दिन सम्म छलफल गरि लुम्बिनी सम्मेलन घोषणा पत्र तयार गरि जारी गरिने र अन्तिम दिन मंसिर २ गते बिदेशी पाहुनाहरुलाई लुम्बिनी लगायत कुदान, देवदह र रामग्राम हुँदै गोटिहवा र तिलौराकोटको सांस्कृतिक भ्रमण गराईने व्यबसथापन समितिका सदस्य ज्ञानकाजी शाक्यले जानकारी दिए । लुम्बिनी स्थित म्यानमार धम्म हलमा हुने सम्मेलनको उद्घाटन नेपालका राष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१