करेन्ट लागेर एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ कार्तिक २०७१, आईतवार १२:२४

धादिङ,२३ कात्तिक  ।  निलकण्ठ नगरपालिका वडा नं १ नागेश्वर भन्ज्याङमा करेन्ट लागेर स्कुलकी छात्रा चमेली तामाङको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खाल्टे गाविस वडा नं १ धुसेनी घर भई चिसापानीमा रहेको  जलदेवी निम्न माध्यामिक विद्यालयमा कक्षा  ८ मा अध्ययनरत  तामाङले जङ्गलबाट घा“स काटी घर फर्कने क्रममा त्यहाँ विद्युत्को खम्बा ढली भुइँमा लत्रेको तारमा छुँदा सो दुर्घटना भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई विद्युत सर्ट भएको जानकारी गराउँदा पनि बेवास्ता भइरहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१