सुसाईड नोटमा यस्तो लेखेका थिए आलोकले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७१, शुक्रबार १५:५९

 

झुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। सानो चिटमा उनले परिवारिक र आफन्तलाई खुशी दिन नसकेको चरम निरासा पोखेका छन्।
wpid-aalok-nemwang_20141106092132.jpg
सुसाइडनोटमा आफ्नो जीवनका समस्या बारे कसैलाई पनि दोष दिएका छैनन्। ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु’, नेम्वाङले कसैलाई सम्बोधन नगरी लेखेको सुसाइड नोटमा भनेका छन्। प्रहरीले शवलाई शुक्रबार पोष्टमार्टम गरेको छ।  घटनास्थलको प्रकृति र पोष्टमार्टमको रिपोर्ट हेरिसकेपछि अनुसन्धानमा संलग्न प्रहरी टोली नेम्वाङले आत्महत्या गरेको भन्नेमा विश्वस्त भएको छ। अहिलेसम्मको प्रकृति हेर्दा आत्महत्या बाहेक अरु केही शंका गर्नु पर्ने नदेखिएको प्रहरीको निष्कर्ष छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का गरी पोष्टमार्टम गरेको जानकारी दिए। ‘उनको साथबाट एउटा सानो कागज फेला पारेका छौं’, एसएसपी कार्कीले  भने, ‘सो कागजमा उनैले लेखेको हो वा हैन भनेर अनुसन्धान भइरहेको छ। अहिलेसम्म घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१