झन्डै पचास क्विन्टल अवैध जडिबुटी प्रहरीले बरामद गर्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७१, बिहीबार १४:५३

सम्राट सिंह
बझाङ , २० कार्तिक । विकट गाविस काँडा क्षेत्रबाट पचास क्विन्टल अवैध जडिबुटी कटुकी प्रहरीले बरामद गरेको छ । विहिवार जिल्लाको काँडामा अबैध जडिबुटी चोरी निकासी भई रहेको जानकारी भएपछि काँडामा रहेको सिमा सुरक्षा चौकी धुलीवाट गएको प्रहरी टोलीले अवैध जडिबुटी बरामद गरेको हो ।

ayurvedic-herbal-drug-250x217
जडिबुटी जाजरकोट जिल्लाका ठेकदार दल बहादुर वोहराको र चन्द्र प्रशाद थकालीको रहेको जिल्ला बन कार्यालयले जनाएको छ ।
काँडाको काँकरकोट भन्ने स्थानमा लुकाई राखेको अवस्थामा प्रहरीले १ सय ८ बोरामा करिब पचास क्विन्टल जडिबुटी कटुकी बरामद भएको प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेले वताए । उनले भने बरामद भएको जडिबुटी जिल्ला वन कार्यालयमा बुझाइने र चोरी निकासी गर्ने ठेकेदारहरुको खोजी कार्य भइरहेको छ ।
जिल्ला बाहिरबाट आएका झण्डै चार हजार जना जडिबुटी संकलकहरु र ठेकदारले काँडा क्षेत्रको विभिन्न जंगलवाट करिब १ हजार क्विन्टल प्रतिबन्धित जडिबुटी चोरी गरी बाहिर जिल्लामा निकासी भएको थियो ।
करिब तीन महिना अगाडी देखी लुकीछिपी जंगलमा अवैध जडिबुटी चोरी निकासी भएकाले ठुलो परिमाणमा काँडावाट दार्चुला, बाजुरा र हुम्ला जिल्लामा निकासी भएको नाम नबताउने सर्तमा एक स्थानिय ठेकेदारले बताए ।
जिल्लामा धेरै प्रजातिका जडिबुटी पाइने भएपनि लोप हुन लागेको भन्दै विगत ३ बर्ष अगाडि देखि कटुकी ,बन लसुन र सतुवा संकलनमा प्रतिबन्ध गरेको थियो ।
जिल्ला बन कार्यालयका कर्मचारी भरत रोकायाले भने प्रहरीले नियन्त्रणमा लिएको सवै जडिबुटी कटुकी भएको जानकारी प्राप्त भएको छ । यसरी जिल्लाबाट बन्देज गरेको जडिबुटी अवैध रुपमा चोरी निकासी गर्ने ठेकेदारलाई वन ऐन अनुसार कारबार्हि गरिने बताए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१