बुढानीलकण्ठ वडा १२ को कार्यालय भवन शिलान्यास तथा जग पुजा सम्पन्न (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८०, मंगलवार ०७:२२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ को प्रशासनिक भवन शिलान्यास भएको छ । सोमबार बिहान ९ बजे खरिबोट नजिकै सोमनाथ मन्दिर प्रांगणमा आयोजना गरिएको भवन शिलान्यास कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई ,सदस्यहरु शान्ता ढकाल, डिल्ली खतिवडा, मिना बयलकोटी तथा इश्वरी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायतले जग पुजा गरेका थिए।

साडे तीन तलाको भवन तथा मन्दिर परिसरमा २ रोपनि १३ आना जग्गा रहेको छ । निर्माण सुरु भएको १८ महिना भित्र निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीको भनाई छ । जम्मा साडे ३ करोड लागतमा निर्माण हुन लागेको वडाध्यक्ष भट्टराईले बताए । समयमै निर्माणको काम सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेमा नगरले विषेश पुरस्कारको व्यवस्था गर्ने प्रतिवद्धता नगर प्रमुख मिठाराम अधिकारीले जनाए । उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु तथा सदस्यहरु, बिभिन्न टोल सुधार समितिका पदाधिकारीहरु, महिला समूहहरु, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यापारी वर्ग, समाजसेवी, पत्रकारहरु लगायत वडाबासिहरुको उपश्थिति रहेको थियो।

May be an image of 2 people, temple and text that says 'MLTRSN स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ बुढानीलकण्ठ नगरपालिका १२ नं. वडा कार्यालयको प्रशासकीय भवनको भूमी पुजन'May be an image of 11 people and textMay be an image of 6 people and templeMay be an image of 13 people and treeMay be an image of 13 people, people smiling and templeMay be an image of 5 people, temple and text that says '।न्त सगुद्ध पर्यटकीय नगर बुढानीलकण्ठ बुढानीलकण्ठ नगरपालिका ৭২ नं. वडा कार्यालयको प्रशासकीय भवनको भूमी पुजन'May be an image of 11 people, temple and text

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१