जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ सुन्दरीजलबाट ६ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८०, आईतवार ०७:२२

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ७५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१