बूढानीलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन शिलान्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८०, आईतवार ०६:५७

काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को प्रशासनिक भवन शिलान्यास गरिएको छ। वडा नं ६ को लुड़े खोला कोरिडोरमा करिव १५ आना क्षेत्रफलमा निर्माण हुने सुविधा सम्पन्न भवनको नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका हुन्।

नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल र वडा नं ६ का अध्यक्ष रवी खड्का सहित विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा शिलान्यास गरिएको सो भवन भूमिगत पार्किङ सहित ५ तल्लाको हुनेछ।

वडाबाट उपलव्ध हुने सेवाहरुलाई सहज र प्रभावकारी बनाउनका लागि ५ करोड ६५ लाखको लागतमा भवन निर्माण गर्न लागिएको बताउदै वडा अध्यक्ष रवी खडकाले सो भवन १८ महिनामा निर्माण सक्ने गरी टेन्डर लागेको जानकारी दिएका छन।

वडा भवनको जग पुजा कार्यक्रममा नगर प्रमुख, नगर उपप्रमुख, वडा नम्बर १,७,८,९,१०,११ र १२ का वडा अध्यक्षहरु साथै स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१