बुढानिलकण्ठ नगरपालिकाले मापदण्ड विपरीतका परिचयपार्टी र साइनबोर्ड हटाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८०, आईतवार ०६:४८

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले परिचयपार्टी/साइनबोर्ड व्यवस्थित गर्न अनुरोध गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०८० मा यस नगरपालिकाका क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसाय , उद्योग , कम्पनीहरूले दर्ता नवीकरण नभएको हकमा २० वर्ग फुटसम्मको एउटा परिचय पार्टी मात्र निःशुल्क राख्न पाउने व्यवस्था गरिएको उल्लेख गर्दै मापदण्ड विपरितका बोर्ड हटाउन अनुरोध गरेको हो।

सो व्यवस्था अनुसार अन्य विज्ञापन सामग्री नगरपालिकाको स्वीकृति लिई तोकिएको स्थानमा मात्र राख्न पाइने व्यवस्था भएकोले सो भन्दा बाहेकका परिचयपार्टी १५ दिनभित्र सम्बन्धित स्थानबाट हटाउनुहुन वा नगरपालिकाको स्वीकृतिका लागि निवेदन दिन अनुरोध गरेको छ ।

सो सूचना बेवास्ता गरी सम्बन्धित पक्षले त्यस्ता परिचयपाटी नहटाएमा वा स्वीकृतिका लागि तोकिएको समयावधि भित्र निवेदन नदिएमा प्रचलित कानुन बमोजिम दोब्बर दस्तुर लिई जुनसुकै समयमा त्यस्ता अवैध ढंगले राखिएका परिचयपाटी हटाउने तर्फ कारबाही प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१