पोखराको १ सय ५० वर्ष पुरानो भवन आगलागीले ध्वस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७१, बिहीबार ०७:२३

पोखरा ,२० कार्तिक । पोखरा उमपा २ विन्ध्यवासीनि मन्दिर कम्पाउण्डमा रहेको पोखराकै पहिलो सरकारी भवन आगलागीले नस्ट भएको छ। उक्त भवन विन्ध्यवासीनि मन्दिर तल रहेको पूरानो माल अड्डाका रुपमा पनि परिचित रहेको थियो। बुधबार दिउँसो ४ बजे तिर विद्युत सर्ट भइ आगलागी भएको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले बताएका छन्।

संस्कृतिविद् तिर्थ श्रेष्ठले जानकारी दिए अनुसार आगलागिले पुरातात्वीक महत्वको भवन नस्ट भएको र उक्त भवन १ सय ५० वर्ष पहिलेको भएको बताए।  विन्ध्यवासिनी मन्दिर परिसरमा पोखरेली युवा सांस्कृतिक परिवारको सचिवालय रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१