बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ को आयोजनामा “ महिलामा लगानी :सभ्य र समुन्नत समाजको थालनी ”  बिषयक कार्यक्रम भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०८०, बुधबार १७:०२

११४औं अन्तराष्ट्रिय नारि दिवसको पुर्व सन्ध्यामा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ को  प्राङ्गणमा  “ महिलामा लगानी :सभ्य र समुन्नत समाजको थालनी ”  बिषयक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई, कार्यपालिका सदस्य तथा सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, नगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी प्रमुख पुस्पा बम सहित विभिन्न वडाका सदस्यहरु र स्थानीय महिला समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर उपप्रमुख अनिता लामाले ११४ औं नारी दिवसको शुभकामना दिदै महिला दिदीबहिनीहरुको हक र अधिकारको सुनिश्चित गर्नको लागी नगरपालिक र सिंगो टिम एक्यबद्ध रहेको र स्थानिय क्षेत्रको विकास निमार्णको काममा महिला सहभागिता हुनुपर्ने बताउनुभयो। यसै गरि वडा अध्यक्ष राजु अधिकारीले  नारी दिवस केवल दिवसमा मात्र सिमित नराखि महिलाहरुलाई सक्रिय गराएर सीपमुलक र नवीनतम प्रविधिमा समेत नारीहरुको पहूँच पुर्याउनुपर्ने कुरा व्यक्त गर्नु भयो । कार्यक्रम सम्योजक तथा वडा सदस्य शर्मिला  गौतमले अवसर पाएमा नारीहरुले सिंगो राष्ट्र  हाक्न सक्ने बताउनु भयो ।

कार्यक्रममा वडा भित्र बसोबास गर्ने  विभिन्न विधा तथा ओहोदामा संलग्न महिलाहरुलाइ सम्मान समेत गरिएको थियो ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१