बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को प्रशासनिक भवन शिलान्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०८०, शुक्रबार ०६:५५

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को प्रशासनिक कार्यालय भवन शिलान्यास गरिएको छ । बिहिबार बिहान एक पुजा समारोह आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र नगर प्रवक्ता एवं वडा नं. १० वडाध्यक्ष नवराज भट्टराईले संयुक्त रुपमा भवन निर्माण कार्यको शुभारम्भ गर्नुभएको थियो ।

आकाशेधारा, ह्याण्डबल ग्राउण्ड नजिकै कपन साहित्यिक समाजको भवनमा अस्थायी रुपमा रहेको वडा नं १० कार्यालयमा संरचना अभाव भएको कारण दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्न असहज भईरहेकाले नगरपालिकाको लागतमा साढे ३ तल्ले वडा कार्यालय भवन निर्माण प्रकृया सुरु गरिएको वडा अध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

शिद्देश्वर मंदिरको पश्चिम तर्फ फ्रेण्डसिप क्लब स्थीत करिव १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको भवनमा पौराणिक सम्पदा जगेर्णा गर्ने र मौलिकता झल्किने खाल्का अन्डरग्राउण्ड पार्किङ सहित सुविधा सम्पन्न अपाङ्ग र ज्येष्ठ नागरीक मैत्री संरचनाहरुको डिजाईन भएको उहाँले बताउनुभयो । भवन १८ महिना भित्रै निर्माण सम्पन्न गरी २०८२ बैशाख १ गते कार्यालय उद्घाटन गर्ने तयारीमा रहेको उहाँको भनाई छ ।

यस भवन निर्माणका लागी २०८० असोज २६ गते कालिका निर्माण सेवा कम्पनी, सिनामंगल सँग लागत ३ करोड ५९ लाख १८ हजार ७ सय ३७ रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कम्पनिले १८ महिना भित्र कार्य सम्पन्न गर्ने प्रतिवद्दता नगरपालिकालाई दिएको छ ।

सुभारम्भ कार्यक्रममा उपस्थित नगरप्रमुख मिठाराम अधिकारीले वडाको प्रशासनिक कार्यहरु सञ्चालन गर्दा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न समस्या भइरहेका बेला नगरपालिकाले वडा कार्यालय भवन निर्माणको कार्यलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । सोहि क्रममा वडा नं १० को आफ्नै भवन नभएको र निर्माण गर्न आवश्यक परेकोले यस कार्यलाई अघि बढाईएको उहाँले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, वडा नं १० अध्यक्ष नवराज भट्टराई लगायत विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, समाजसेवि र स्थानीयको उपस्थिति रेहको थियो ।May be an image of 6 people, temple and textMay be an image of 6 peopleMay be an image of 10 people and templeMay be an image of 7 peopleMay be an image of 6 people, temple and textMay be an image of 7 peopleMay be an image of 6 peopleMay be an image of 7 people

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१