सवारी दुर्घटनामा एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ कार्तिक २०७१, बुधबार १२:३९

विराटनगर, १९ कात्तिक । रोकिराखेको ट्रकसँग ठोकिएर मोरङमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

डाइनिया–९ बस्ने मोटरसाइकल चालक २६ वर्षीय मोहम्मद आलमलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भयो भने उर्लाबारी–४ का ६५ वर्षीय खड्गबहादुर निरौला गम्भीर घाइते भएका हुन् ।download (1)

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी–१ मा मङ्गलबार साँझ रोकिराखेको ना३ख ३७५५ नम्बरको ट्रकको पछाडिको भागमा को१६प ५२३६ नं मोटरसाइकल ठोकिएपछि सो घटना भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१