बुढानीलकण्ठ नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८०, आईतवार २०:२१

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समिक्षा र चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समिक्षा सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, १३  वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, नगरपालिका महाशाखा,शाखा प्रमुख एवम् कर्मचारीहरको उपस्थितिमा माघ १२ र १३ गते कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम आयोजनाको समन्वय नगरपालिका योजना अनुगमन तथा मुल्यङ्कन महाशाखाले गरेको थियो ।

नगर प्रशासकीय अधिकृत तुल्सीराम अर्यालबाट स्वागत मन्तव्य मार्फत यस कार्यक्रमको आवश्यक्ता, औचित्य र उदेश्य माथि प्रष्ट पार्नुभएको थियो । २ दिने प्रगति समिक्षा कार्यक्रममा वडा कार्यलय तथा नगरपालिका महाशाखा,शाखाहरुको प्रगति विवरण सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

कार्यक्रममा वडा तथा महाशाखा,शाखाबाट वार्षिक तथा अर्द्धवार्षिक प्रगती विवरणको प्रस्तुतिकरण भएका थियो । वडा तथा महाशाखा,शाखाबाट भएको प्रस्तुतिकरणको क्रममा सम्बन्धीत वडा कार्यलयका वडा अध्यक्ष र वडा सचिवले संयुक्त प्रस्तुतिकरण दिएका थिए। जसमा राजश्व, घटना दर्ता, भौतिक पुर्वाधार लगायत समाजिक विकासमा भएका प्रगति विवरणहरु प्रस्तुत भएको  थियो ।

विवरणको तथ्याङ्क अनुसार वडाहरुको राजश्व उठ्ने दर वृद्धि भएको छ । साथै, वडा स्तरीय योजनाहरु सम्झौता भए अनुसार अधिकांश रुपमा सम्पन्न भएको विवरण पेश गरिएको थियो । महाशाखा,शाखाबाट सम्बन्धीत कार्यालयको प्रमुखहरुले प्रगती विवरण तथ्याङ्क सहितका विवरण, सेवा प्रवाहमा हुने चुनौति लगायत चालु र आगामी वर्षमा गरीने योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगर विकास र सेवा प्रवाहमा चुनौती र अवसर दुवै भएको अवस्थामा कामहरु कार्यान्वयन गर्दा नगरवासि, वडा तथा प्रशासनिक कर्मचारिहरुले विश्वास गरी साथ र सहयोग गर्नुभएकोमा धन्यबाद दिनु भएको थियो । यस समिक्षाबाट नगरपालिकाको हालको स्थिति मुल्याङ्कन हुने भएकोले यसै गोष्ठिबाट आएका प्रगति र चुनौति अनुसार आवश्यक अवसरहरु उत्पादन गर्न सबै निकाय माझ प्रमुख अधिकारीले अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै सुशासन समितिका संयोजक शम्भु भट्टराईले नगरपालिका जनप्रतिनिधि ,प्रशासनिक र कर्मचारीहरु विचको समन्वय र सहकार्यबाटनै नगर विकास सम्भव भएकाले सबै पक्षका प्रगती र विवरणहरुको नियमित समिक्षा गर्दै सुधारका पक्षहरु मुल्याङ्कन गर्न जरुरी रहेको बताउनुभयो ।

नगरप्रवक्ता नवराज भट्टराईले आफ्नो भनाई राख्दै जनप्रतिनिधि र कर्मचारीको साथ, सहयोग र समन्वयमा रचनात्मक योजनाहरु मार्फत नगर विकासमा हातेमालो गर्दै आगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृतले वडा तथा महाशाखा,शाखाको प्रस्तुतिहरु एकदमै उत्कृष्ट रहेको बताँउदै वडागत प्रगति विवरणमा आएको उल्लेखनिय राजश्व वृद्धिको विषय नगरपालिकाको उपलब्धिको रुपमा आफुले मुल्याङ्कन गरेको  बताउनुभयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१