जलहरी प्रकरणमा मुछिएका निलम्बित सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०८०, बुधबार ०७:२१

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालीन कोषाध्यक्षसमेत रहेका थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको थियो । उनी अदालतले मागेको धरौटी बुझाएर गत पुस २५ गतेनै रिहा भएको खुलेको छ ।

अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित अघिल्ला सदस्य सचिव डा.प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१