९८ किलो गाँजासहित ६ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ कार्तिक २०७१, मंगलवार ०७:०२

Gaja_933819797धनकुटा ,१८ कार्तिक  । धनकुटाको मूलघाटबाट ९८ किलो गाँजासहित ६ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ । जिल्लाको बेलहरा गाविस–९ मुलघाटमा भ्यानमा राखेर लाँदै गरेको अवस्थामा आईतबार ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गाँजा ओसार्न प्रयोग गरिएको को १ च ७९३१ नम्बरको निजी भ्यानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाँजा छिन्ताङ्ग गाविसबाट सुनसरीको इटहरी हुँदै भारतको जोगबनीतर्फ लाँदै गरेको सूचनाका आधारमा प्रहरीले गाँजा बरामद गरेको हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन ।

मूलघाट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मिनकुमार क्षेत्री नेतृत्वको टोलीले राति एक बजे चेकजाँच गर्दा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

धनकुटामा उत्पादित करौडौंको गाँजा भारतीय बजारमा बेच्न लगिरहँदा पनि प्रशासनले त्यसलाई रोक्न पहन नगरेको गुनासो बढेको थियो । गाँजा तस्करीमा संग्लग्न अन्यको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१