इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने, यसरी गर्नुहोस् डाउनलोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०८०, शुक्रबार ०७:१५

छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ ।

यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरlकनै रील्स डाउनलोड गर्न पाउनेछन् ।

 

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्-अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको रील सेभ गर्न सक्नुहुन्छ । डाउनलोड भएको रीलमा त्यसको सर्जकको ह्याण्डलको वाटरमार्क देखिनेछ ।

पाँच महिनाअघि कम्पनीले रील्स डाउनलोड गर्ने यो फिचर अमेरिकामा सुरु गरेको थियो । जुन अब नेपालसहित सबै मुलुकका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

 

एडम मोसेरीका अनुसार प्राइभेट अकाउन्टमा शेयर गरिएका रील्सलाई भने डाउनलोड गर्न सकिने छैन। त्यस्तै पब्लिक अकाउन्टवाला प्रयोगकर्ताहरुले पनि रील्स डाउनलोड गर्ने फिचरलाई अकाउन्ट सेटिंग्समार्फत् अफ गर्न सक्नेछन् ।

यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ ।

यस्तो छ इन्स्टाग्राम रील्स डाउनलोड गर्ने विधि :

सबैभन्दा पहिले सम्बन्धित रीललाई खोल्नुहोस् जसलाई तपाईं डाउनलोड गर्न चाहनुहुन्छ
त्यसपछि एपको दायाँ भागमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस्
त्यसपछि Copy Link अप्सनको छेउँमा रहेको डाउनलोडको अप्सन देखिनेछ
डाउनलोड अप्सनमा ट्याप गरेर तपाईं रील्स डाउनलोड गर्न सक्नुहुन्छ
हालसम्म प्रयोगकर्ताले इन्स्टाग्राममा रील्स डाउनलोड गर्नका लागि थर्ड पार्टी एप वा अन्य विभिन्न खाले उपाय अपनाउनु पर्दथ्यो । यसका अलावा प्रयोगकर्ताले रील्स डाउनलोड गर्नका लागि पहिले त्यसलाई आफ्नो स्टोरीमा सेट गर्नुपर्थ्यो र त्यसपछि मात्रै स्टोरी डाउनलोड गर्ने विकल्प उपलब्ध हुन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१