खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८०, बिहीबार ०७:०४

अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि कसैको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ ।

खाना खाने बित्तिकै धेरैले अल्छी तथा निद्रा लागेको महसुस गर्छन् । खाना खाएपछि सुत्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । खाना खाएपछि निद्रा लाग्ने अवस्थालाई चिकित्सकीय भाषामा ‘पोस्टप्रान्डियल सोमनोलेन्स’ भनिन्छ । अर्थात् फुड कोमा भन्ने गरिन्छ ।

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ त आज हामी यसैको बारेमा चर्चा गर्ने छौँ । खानामा हुने अत्यधिक मात्राको कार्बोहाइड्रेटका कारण खाना खाएपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । जसले ट्रिप्टोफेन निर्माण गरी मस्तिष्कमा पुर्‍याउँछ । मस्तिष्कमा पुगेपछि सेरोटोनिन बनी मेलाटोनिनका कारणले मानिसलाई बिस्तारै निन्द्रा लाग्दै जान्छ ।

तर खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानी हटाउन फुड कोमाबाट छुटकारा पाउने उपाय जान्नुपर्छ । जसका लागि आफूले खाँदै गरेको खानाको बारेमा जानकारी राखी त्यस्ता खानाबाट टाढा रहनु पर्ने चिकित्सकहरू बताउँछन् ।

यो समस्या कम गर्नको लागि एकैसाथ अत्यधिक मात्रामा खाना खानु हुँदैन । र खाना खाएपछि सकेसम्म सुत्ने वा आरामसँग बस्ने गर्नुहुँदैन । बरु एक छिन हिँडडुल गर्नु उत्तम हुन्छ । जसका कारण खाना राम्ररी पच्नुका साथै रगतमा सुगरको मात्रा पनि कम हुने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१