मालपोत कार्यालय सुनसरीका नासु कटुवाल र खरिदार अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०८०, शुक्रबार ०६:१४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायवसुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस-रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,इटहरीबाट खटिई गएको टोलीले गत असोज १२ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा नायव सुब्वा कटुवाल र खरिदार अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस-रिसवत माग गरी लिएको पुष्टी भएकोले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो एक लाख पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा १ को घ बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनसमेत मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१