सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घट्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८०, बिहीबार १३:१८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेको छ। सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले बुधबार पनि निरन्तरता पाएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१