काठमाडौं महानगरपालिकाले ज्यादति गरेको भन्दै नेपाल बोटल वाटर उद्योग संघ आन्दोलनमा

evccfn@gmail.com' rastriyakhabar
२२ आश्विन २०८०, सोमबार २२:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्यादति गरेको भन्दै नेपाल बोटल वाटर उद्योग संघले नगरपालिकाको कार्यालय अगाडी सयौं गाडीहरु रोकेर प्रदर्शन गरेको छ ।
बिगत केहि दिन देखि काठमाडौं नगरपालिकाले मनोमानि ढंगले पानि ब्यवसाय माथि ज्यादति गरिरहेको संघको आरोप छ ।
नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष यो बिषयमा कुराकानि गर्न केहि दिन अगाडी महानगरकार्यालयमा पुग्दा महानगर प्रहरी एसपि ले दुब्र्यबाहार समेत गरेको भन्दै पानि ब्यवसायीहरु आकोशित बनेका हुन् ।
पानिको गुणस्तर नापगर्ने निकाय अरुनै छ र नियमित जाँच गरिरहेकै छ भन्दै महानगरपालिकाले गिलासमा पानि लिएर बाटोमा पानिको गाडी रोक्नु गैरकानुनि तथा पानि ब्यवसायीमाथिको अत्यचार भएको संघको टिप्पणी छ ।
काठमाडौं महानगरपालिका बेलैमा ब्यवसायीहरु संग बसेर समस्याको उचित समाधानको बाटो नखोजे ब्यवसायीहरु ब्यवसाय बन्द गरेर सडकमा उत्रन बाध्य हुने संघका अध्यक्ष ध्रुव गौतमले बताउनु भयो ।
हामि समस्याको उचित समाधान गर्न सबै स्थानिय सरकारहरुसंग सहकार्य गर्न तयार छौं भन्दापनि हामिलाई जानकारीनै नगराईकन अनुगमनको नाममा ब्यवसायीहरुलाई दुख दिनु जायज नभएको आन्दोलनमा सहभागि एक ब्यवसायीले बताउनु भयो ।
आज बालाजुमा रहेको अक्वा ९९ को उद्योगमा पुगि केहि स्थानिय सरकारका प्रतिनिधिहरुको रोबहरमा सिल गरेको बिषयलाई लिएर आन्दोलन गरिएको थियो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले आफ्नो प्रयोगशाला मा चेक जाँच गरेर रिपोर्ट पेश गरे पछि दोषि देखिए कार्वाहि गर्नु पर्नेमा महानगरका प्रहरीहरुले आँखाले चेक जाँच गरेर कार्वाही गर्न खोज्नु सरासर गैरकानुनी भएको अध्यक्ष गौतमको दावी छ ।
आज राति भएकोले आन्दोलनको कार्यक्रमलाई स्थगित गरेर भोलि बिहानैबाट पुन आन्दोलन गर्ने संघका अध्यक्ष गौतमले जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१