ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले ब्यवसायीक मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ : चेम्बर उपाध्यक्ष दिपक श्रेष्ठ

evccfn@gmail.com' rastriyakhabar
२२ आश्विन २०८०, सोमबार ०८:११

काठमाडौं । आज ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले आयोजना गरेको आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी,शुभदिपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान, र बिदाई तथा सम्मान कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायलाई ब्यवसायीक मापदण्ड भित्र राख्न महासंघले नेतृत्व लिन सके अझ ब्यवस्थित भएर अगाडी बढ्न सकिने बताउनु भयो । आफु मापदण्ड भित्र रहेर मात्र अधिकार खोज्न सकिने उहाँको तर्क थियो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ठुलो बाबु श्रेष्ठको आक्रोस शान्त पार्न नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेस प्रसाद सिंहले सान्त्वना दिनुभएको थियो ।
कार्यक्रममा बिशेष अतिथि हरु नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेस प्रसाद सिंह ,नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चाज,सामुदायीक सेवा केन्द्र बौद्धका उपाध्यक्ष महेन्द्र घोरासैनी,वातावरण वैज्ञानिक राम चरित्र शाह ,ग्रील ब्यवसायी संस्थाका संस्थापक अध्यक्ष मधु बहादुर कार्की राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष उमा श्रेष्ठ तथा महासचिव अमृत खाति, उपत्यका ट्राफिक प्रहरीका ट्राफिक प्रहरी निरिक्षक ज्ञान बहादुर माझी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ,प्रथम उपाध्यक्ष केदार अधिकारी, उपाध्यक्ष हरु पदाधिकारी र सदस्यहरु,महासंघ अन्तर्गत रहेका जिल्लाहरुका जिल्ला अध्यक्ष हरु ,पदाधिकारी तथा सदस्यहरु,क्षेत्र तथा इकाईका प्रतिनिधि पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका महासचिव बिबेकदास श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा महासंघको यहि बैसाक २१मा भएको २८औं साधारणसभा तथा ९औं महाधिवेशनबाट पदपुर्ति हुन बाँकी रहेको पद अन्तर्गत उपाध्यक्ष पदमा सुदन बिष्ट,सचिव पदमा सुवास तिरुवा,सदस्य पदमा टलक बहादुर श्रेष्ठ,बिवश थापा,बिन्द्र प्रसाद जैसी (बिशाल),कृष्ण प्रसाद भण्डारी लाई मनोनित गरि प्रमाणपत्र बितरण समेत गरिएको थियो ।
यहि कार्यक्रमबाट महासंघका निवर्तमान उपाध्यक्ष नारायण श्रेष्ठ,टिकेन्द्र(दिनेश) पौडेल, सहसचिव भोजराज खड्का, सदस्य भगिरथ लुईटेल,नुमाकान्त भुषाल,दिपक आचार्य,लाल बहादुर श्रेष्ठ,अर्जुन बोहोरा, पदम बहादुर श्रेष्ठलाई सम्मान पत्र सहित बिदाई गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य तथा आफ्ना धारणा राख्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले “ करिब ११ हजार ब्यबसायी आबद्ध यस संगठनमा १ लाख ६० हजार मजदुर ÷कर्मचारी कार्यरत छन् ,यस्तो संगठनलाई राज्यको एउटा साझेदारी अंगको रुपमा बिकास गर्नु आजको आवश्यकता हो ” भन्नुभयो ।
महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठको आक्रोशलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेस प्रसाद सिंहले साँचै राज्यले ग्रील ब्यवसायीहरुलाई उपेक्षा गरेको महसुस भएको बताउनु भयो । यसका बिषयमा समेत आफुले सरकार समक्ष कुराकानी अगाडी बढाईरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वातवरण विज्ञ राम चरित्र शाहले नेपालमा प्रयोग भईरहेका मेशिनरी सामाग्रीहरु अधिकांश वातवरणिय मापदण्ड बाहिर रहेको तथ्य सार्वजानिक भईसकेकोले हामि आफैं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१