आमा बन्दै रेखा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८०, बुधबार ०६:३२

काठमाडौँ । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले फागुन–चैततिर सन्तानलाई जन्म दिन लागेकी हुन्।

भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उनको पोस्टलाई लिएर रातोपाटीले ‘आमा बन्ने तयारीमा हो ?’ भनेर प्रश्न गरेको थियो । जवाफमा उनले डाक्टरले फागुन–चैतमा आमा बन्ने डेट दिएको खुलाइन् ।

रेखा पछिल्लो समय ‘उपहार’ निर्माण अभिनय गरिरहेकी छन् । उनको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ । यो अवस्थामा पनि उनी फिल्ममा एक्सन दृश्य लगायतको छायाङ्कनमा छिन् । बलिउड अभिनेत्री आलिया भट्टले पनि सन्तान पेटमा हुँदा फिल्म सुटिङ गरेको कारण आफूलाई पनि अहिले सुटिङका लागि प्रेरणा मिलिरहेको रेखाले बताइन् ।

फिल्म ‘उपहार’को अहिले काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । रेखाको पेट बढ्दै गएपछि निर्देशक ज्ञानेन्द्र देउजाले उनका दृश्यहरूको छायाङ्कन धमाधम गरिरहेका छन् । रेखाले पनि फिल्मको छायाङ्कन सुरु भएपछि नियमित गरिरहेकी छन् । फिल्मको छायाङ्कन सकेपछि रेखाले पूर्ण रूपमा आराम गर्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१