प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८०, आईतवार ०६:१५

काठमाडौं। तिज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं…’ बजारमा आएका छन् । उनले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् ।
यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा गरिवहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ ।
दशैं पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायक प्रकाश पुरीले बताएका छन् । गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ । गीतलाई आरके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ ।
यो दशैं गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । आर्थिक अभावका कारण दशैंमा एक दम्पत्तिले भोग्नु परेको पीडालाई निरेनले यो गीतको भिडियोमा दर्शाएका छन् । यो गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरीको अभिनय रहेको छ ।
विष्णु खड्काले सम्पादन गरेको यो गीतको भिडियोमा राम केसीको छायाँकन, कविन्द्र खड्काको सृँगार रहेको छ । भिडियोलाई रोयल मुभिज प्रा.लि.ले उत्पादन गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१