प्रेस काउन्सिल नेपालको पत्र प्रति राष्ट्रिय अनलाइन पत्रकार संघ(नोजा)को ध्यानाकर्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०८०, बिहीबार ०५:३२

काठमाडौं । दैनिकी डट कमका प्रधान सम्पादक माधवप्रसाद तिवारीले प्रेस काउन्सिल र सूचना विभागबाट सम्पादन हुने काम संगठित रूपमा गिरोह नै तयार गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयमा सामाजिक सञ्जालमार्फत उठाएको प्रश्नमा प्रेस काउन्सिल नेपालले पत्र काटेर जवाफ मागेको प्रति राष्ट्रिय अनलाइन पत्रकार संघ ( नोजा) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय अनलाइन पत्रकार संघ ( नोजा)ले एक विज्ञप्ति जारी गर्दै सोकुरा सार्वजानिक गरेको हो ।
संघका अध्यक्ष मुकुन्द ढुंगानाले जारी गरेको विज्ञप्ति यस्तो छ ः
दैनिकी डट कमका प्रधान सम्पादक माधवप्रसाद तिवारीले प्रेस काउन्सिल र सूचना विभागबाट सम्पादन हुने काम संगठित रूपमा गिरोह नै तयार गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयमा सामाजिक सञ्जालमार्फत उठाएको प्रश्नमा प्रेस काउन्सिल नेपालले पत्र काटेर जवाफ मागेको प्रति राष्ट्रिय अनलाइन पत्रकार संघ ( नोजा) को गम्भीर ध्यानाकर्षण भएको छ ।
तिवारीले उठाएको प्रश्नमा छानविन गरी दोषी देखिनेमाथि कारबाही गर्नुको साटो उल्टै जुन भाषा प्रयोग गरेर काउन्सिलको नाममा पत्र काटिएको छ, यसमा हाम्रो गम्भीर असहमति र अपत्ति रहेको छ ।
बिचौलियाको गिरोह नै खडा गरेर काम गर्न खोजेको विषयमा छानविन गरेर दोषी माथि कारबाही गर्नुपर्नेमा उल्टै गिरोहको संरक्षण गर्ने र प्रश्न गर्ने पत्रकारको घाँटी निचोर्न खोज्ने प्रवृति देखियो जुन निकै घातक रहेको हाम्रो ठहर छ ।
अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै हरेक नागरिकले आफूलाई लागेको पाउने अधिकार संविधानले मैलिक हक मार्फत सुनिश्चित गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाका लागि काम गर्नुपर्ने निकाय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै विचौलिया संरक्षण गर्न लागि परेको देखेर हामी अचम्मित भएका छौं । हामी नेपाल सरकार र सम्बन्धित निकायलाई प्रेस काउन्सिल नेपालको दुरूपयोग गरेर भैरहेको कामको निष्पक्ष र सुक्ष्म छानविन गरी दोषीमाथि हदैसम्म कारबाही गर्न यसै विज्ञप्ति मार्फत माग गर्दछौं । काउन्सिल जस्तो सम्मानित संस्थाकै अपमान हुनेगरी खुलेआम विचौलियाको संरक्षण गर्दै एक जना पत्रकारको प्रश्न रोक्न खोज्ने पत्र फिर्तालिन हामी आग्रह गर्दछौं । अन्यथा राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने जानकारी गराउन चाहन्छौं ।
अध्यक्ष
मुकुन्द ढुंगाना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१