(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समितीको माग प्रति काठमाडौं महानगर सकारात्मक

evccfn@gmail.com' rastriyakhabar
१६ श्रावण २०८०, मंगलवार २०:४८

काठमाडौं । (ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समिती, नागरिक समाजका केही पदाधिकारीहरू र काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर बिच आज छलफल भएको छ ।
छलफलको क्रममा ध्यानाकर्षण पत्र अनुसार समितीले राखेका मागहरुमा सकारात्मक छलफल भएको छ । प्रवक्ता मानन्धरले छिट्टै यो बिषयमा आवश्यक काम कार्वाही अगाडी बढाउने प्रतिवद्वता जाहेर गर्नुभएको छ । संघर्ष समितीले दैनिक फलोअप गर्नेछ र आएको जानकारी आमनागरिकहरु माझ राय, सल्लाह र सुझावको लागि प्रस्तुत गरिने बताईएको छ ।
(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समितीको ध्यानाकर्षण पत्र यस्तो छ

ध्यानाकर्षण पत्र।
२०८०/०४/१६
काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित (ल्हुति) बालाजु बाइसधारा क्षेत्र ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको दृष्टिले उदाहरणीय क्षेत्र हो। मुख्यत: हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको (ल्हुति) बालाजु बाइसधारा परिसरमा हुने विभिन्न खालका धार्मिक/सांस्कृतिक कार्यहरु, जात्रा/पर्वहरु परापुर्वकाल देखि नै स्थानीयहरुले सामुहिक रुपमा मनाउदै आएको सर्वविदितै छ। तर, पछिल्लो समय काठमाडौं महानगरपालिका मातहत चल्ने (ल्हुति) बालाजु बाइसधारा उद्दानले गरेको निम्न अनुसारको धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रस्टाचार तथा समुदाय बिरोधी कार्यले, हामी स्थानीयहरुको ध्यानाकर्षण भएको छ।
१) धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा:
नेपालको संविधान २०७२ ले प्रत्येक धार्मिक तथा सांस्कृतिक सम्प्रदायलाई धार्मिक तथा सांस्कृतिक सभ्यता, सम्पदा संरक्षण तथा जात्रा, पर्वहरु स्थानीयहरुलाई संचालन गर्ने हक तथा संवैधानिक अधिकार प्रदान गरेको छ। तर, काठमाडौं महानगरपालिकाले परापुर्वकाल देखि नै स्थानीयवासीहरुले संचालन गर्दै आएको (ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलालाई बिना छलफल कहिले महानगरका कर्मचारी, त कहिले वडा अध्यक्षलाई संयोजक बनाइ जात्रा पर्वहरुमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै, जात्रा, पर्वको लागि आएको बजेट संगठित रुपमा हिनामिना गरेको छ। सोही बिषयमा कामपाका सम्बन्धित सबै निकाय/तह लाई सैयौंको संख्यामा स्थानीयहरुले हस्ताक्षर गरेर निवेदन दिदा पनि केही काम कार्वाही नभएको प्रती ध्यानाकर्षण गराउदछौं।
माग: परापुर्वकाल देखि स्थानीयवासीले संचालन गर्दै आएको
(ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलाको संयोजक काठमाडौं महानगरपालिकाको कर्मचारी/वडा अध्यक्ष नभई जात्रा/पर्व संग सम्बन्धित स्थानीयवासी नै हुनुपर्ने। स्थानीयवासीहरुको स्रोत साधनबाट संचालित (ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलालाई आएको बजेट अपारदर्शी ढंगबाट कर्मचारी/जनप्रतिनिधि आदिको मिलेमतोमा हिनामिना भएको हुनाले छानबिन हुनुपर्ने।
२) शितला माइ देविको सामुदायिक टहरा माथी अतिक्रमण सम्बन्धमा:
काठमाडौं महानगरपालिका अन्तर्गत रहेको (ल्हुति) बालाजु बाइसधारा भित्र हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरुको लागि स्थानीयहरुले उपयोग गर्दै आएको शितला माइको सामुदायिक ट्रष्ट माथी अतिक्रमण गर्दै, परापुर्वकाल देखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक कार्यमा बाधाअड्चन खडा गर्ने काम गरेको प्रती ध्यानाकर्षण गराउदछौ।
माग: धार्मिक तथा सांस्कृतिक कार्यहरुको लागि स्थानीयहरुले उपयोग गर्दै आएको शितला माइको सामुदायिक ट्रष्ट माथी काठमाडौं महानगरपालिकाबाट भएको अतिक्रमण रोक्न, र उक्त सामुदायिक ट्र्ष्टमा धार्मिक/सांस्कृतिक कार्यहरु समुदायले निर्बाध रुपमा गर्न पाउनु पर्ने।
३) मन्दिर प्रवेशद्वार सम्बन्धमा:
काठमाडौं महानगरपालिकाको अस्तित्व हुनु भन्दा अगाडि नै बालाजु बाइसधारामा शितला माइ मन्दिर र रत्नचुडेश्वर लगायतका मन्दिरहरु रहेको र उक्त क्षेत्रको पहिले देखि नै आफ्नो छुट्टै प्रवेशद्वार रहेकोमा अहिले बन्द गर्दै, पुजाआजा गर्न आउने भक्तजनहरुलाई पनि टिकट काट्नु पर्ने अवस्था सिर्जना भएको हुनाले, पुरानो मन्दिरको प्रवेशद्वार खोल्नको लागि ध्यानाकर्षण गराउदछौ।
माग: (ल्हुति) बालाजु बाइसधारा भित्र रहेको धार्मिक स्थलको पुरानो आफ्नै प्रवेश द्वार सुचारु गराउनु पर्ने।
४) (ल्हुति) बालाजु बाइसधारा उद्दानले साझ ६:३० बजे गेट बन्द गर्ने सम्बन्धमा:
(ल्हुति) बालाजु बाइसधारा उद्दान बनाउन जग्गा, श्रमदान गर्ने स्थानीयवासीहरुको मर्म विपरित, उद्दान भित्र कैद मठमन्दिर, धर्म, संस्कृति जोगाउन गरिने पुजाआजामा असर पुग्ने, साथै बिहान चिसोमा निस्किन गार्हो हुने वृद्धवृदा/ बालबच्चाहरु लगायत साझको समय स्वास्थ लाभको लागि हिडडुल गर्ने साझको समयमा उद्दान बन्द हुने गलत निर्णय सच्चाउनको लागि ध्यानाकर्षण गराउदछौ।
माग: स्थानीयवासहरुले गर्दै आएको धार्मिक/सांस्कृतिक कार्यमा असर पुर्याउने उक्त निर्णय कार्यान्वयन नगर्न।
५) (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नति र पुरातात्त्विक सम्पदाको संरक्षण सम्बन्धमा:
(ल्हुति)बालाजु बाइसधारा उद्दान आफैमा प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाले भरिपुर्ण क्षेत्र हो। तर, पछिल्लो समय प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐनलाई बेवास्ता गर्दै, स्थानीयहरुको विरोधको वाबजुद सैयौं बर्ष पुरानो पोखरीहरुमा सिमेन्टले ढलान गर्दा पानीको प्राकृतिक मुहान सुक्न गै २२ धारामा पानी नआउने अवस्थामा पुगेको छ। यसर्थ, प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदा माथी भएको गैरकानुनी कार्य सच्चाउन र (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नती गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउदछौ।
माग: (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नतीका साथै प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐन विपरित पुरातात्त्विक सम्पदा माथी भएको त्रुटि सच्चाउन र सम्पदाको संरक्षण गर्न।
६) स्थानिय तहमा स्थानीयहरुलाई रोजगारको व्यवस्था गर्ने सम्बन्धमा।
संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहमा कार्यरत कर्मचारी भर्नामा स्थानीयलाई नै प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउदछौं।
माग: संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहमा स्थानीयलाई नै रोजगार दिलाउन।
७) (ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र पानीको सम्बन्धमा।
(ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र रहेको २२ धारामा पानी आउने व्यवस्था छैन। स्थानीयहरु पानी नपाएर काकाकुल छन्। तर, उद्दान भित्रबाट डिप बोरिङ गरि दैनिक थुप्रै ट्याङकर पानी बाहिर किन र के का लागि लगिएको हो ध्यानाकर्षण गराउन।
माग: (ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र डिप बोरिङबाट निकालिएको पानीलाई प्रयोगको हिसाबले पहिलो प्राथमिकता बालाजु २२ धारालाई नै दिन।
८) (ल्हुति) बालाजु बाइसधारा उद्दानले प्रहरी प्रशासन लगाएर स्थानीयलाई दमन गरेको सम्बन्धमा।
(ल्हुति) बालाजु बाइसधारा उद्दान प्रमुख दामोदर लामा ज्युले सार्वजनिक सरोकारको बिषयमा छलफल/गुनासो गर्न जादा पदिय दुरुपयोग गर्दै, लेटर हेडको दुरुपयोग गरि प्रहरी प्रशासन लगाएर स्थानीयवासी माथी दमन गर्न खोजेको प्रती ध्यानाकर्षण गराउन।
माग: काठमाडौं महानगरपालिकाको लेटर हेड र (ल्हुति) बालाजु बाइसधारा उद्दानको प्रमुखको रुपमा आफ्नो पदको दुरुपयोग गर्दै स्थानीयलाई प्रहरी प्रशासन लगाएर दमन गर्न खोजेको बिषयमा छानबिन गर्न।
अन्तमा: ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा उद्दानमा भएको धार्मिक तथा सांस्कृतिक अतिक्रमण रोक्न, आर्थिक/नैतिक भ्रष्टाचारको छानबिन गर्न, पुरातात्त्विक सम्पदाको संरक्षण गर्न र गराउन संघर्ष समिती काठमाडौं महानगरपालिकालाई आग्रह गर्दछ।
आयोजक:
(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समिती, नागरिक समाज।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१