किन उत्रिए बालाजुका स्थानिय नागरिक बालेनका बिरुद्ध सडक आन्दोलनमा ?

evccfn@gmail.com' rastriyakhabar
१३ श्रावण २०८०, शनिबार १३:१९

काठमाडौं । (ल्हुति) बालाजु बाइसधारा उद्दानको मुल गेटमा भएको धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थानिय बासिन्दा तथा बिभिन्न संघ संस्थाको उल्लेख्य उपस्थिति रहेको थियो ।
बालाजुका स्थानिय तथा सामाजिक अभियन्ता रविन्द्रकुमार श्रेष्ठको अगुवाईमा भएको कार्यक्रममा उपत्यकाका बिभिन्न ठाउँबाट अभियन्ताहरु आएका थिए ।
काठमाडौं महानगरपालिकाले गरेको ज्यादतिको बिरुद्ध गरिएको आन्दोलनमा काठमाडौं महानगरपालिकाका सम्पदा संरक्षण विज्ञको रुपमा मनोनित भएका सम्पदा संरक्षण अभियन्ता हिटी म्यानको रुपमा परिचित यादवलाल कायस्थले आफ्नो मन्तब्य राख्दै , बालेन एक ब्यक्ति मात्र भएकोले बालेन को नभएर सिंगो महानगरपालिकाको बिरुद्ध आन्दोलन छेड्नु पर्ने भन्दै शान्तिपुर्ण आन्दोलनलाई कमजोर ठानेर महानगरपालिकाले आफ्नो ब्यवहारमा सुधार नगरे यो बाईसधाराको गेट भत्काउनु पर्ने तथा त्यसको नेतृत्व गर्न आफु तयार रहेको बताए ।
महिला नेतृ तथा सामाजिक अभियन्ता उषा सिंखडाले स्थानियलाई खानेपानिको हाहाकार बनाएर त्यहाँको पानि अन्यत्रै लैजानुले स्थानियनागरिक प्रति स्थानिय सरकारले गरेको उपेक्षा प्रष्ट भएको बताईन् । शान्तिपुर्ण आन्दोलन बाट समस्याको समाधान गर्ने बाटो नखोजिए स्थानियहरु शसक्त आन्दोलनमा उत्रन बाध्य हुने सिंखडाले बताईन् ।
कार्यक्रम पश्चात संघर्ष समितिले एक विज्ञप्ति समेत जारी गरेको छ ।
विज्ञप्ति
२०८०/०४/१३
काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित (ल्हुति) बालाजु बाइसधारा क्षेत्र ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको दृष्टिले उदाहरणीय क्षेत्र हो। मुख्यतस् हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको ९ल्हुति० बालाजु बाइसधारा परिसरमा हुने विभिन्न खालका धार्मिक, सांस्कृतिक कृयाकलापहरु, जात्रा, पर्वहरु परापुर्वकाल देखि नै स्थानीयहरुले सामुहिक रुपमा मनाउदै आएको सर्वविदितै छ। तर, पछिल्लो समय काठमाडौं महानगरपालिका मातहत चल्ने (ल्हुति) बालाजु बाइसधारा उद्दानले गरेको निम्न अनुसारको धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रस्टाचार तथा समुदाय बिरोधि कार्यले, हामी स्थानीयहरुको ध्यानाकर्षण भएको छ।
१) धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा
नेपालको संविधान २०७२ ले प्रत्येक धार्मिक तथा सांस्कृतिक सम्प्रदायलाई धार्मिक तथा सांस्कृतिक सभ्यता, सम्पदा संरक्षण तथा जात्रा, पर्वहरु स्थानीयहरुलाई संचालन गर्ने हक तथा संवैधानिक अधिकार प्रदान गरेको छ। तर, काठमाडौं महानगरपालिकाले परापुर्वकाल देखि स्थानीयवासीले संचालन गर्दै आएको (ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलालाई बिना छलफल कहिले महानगरका कर्मचारी, त कहिले वडा अध्यक्षलाई संयोजक बनाइ जात्रा पर्वहरुमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै, जात्रा, पर्वको लागि आएको बजेट संगठित रुपमा हिनामिना गरेको छ। सोही बिषयमा कामपाका सम्बन्धित सबै निकायरतह लाई सैयौंको संख्यामा स्थानीयहरुले हस्ताक्षर गरेर निवेदन दिदा पनि केही काम कार्वाही नभएको प्रती ध्यानाकर्षण गराउदछौं ।
२) शितला माइ देविको सामुदायिक टहरा माथी अतिक्रमण सम्बन्धमा
काठमाडौं महानगरपालिका अन्तर्गत रहेको (ल्हुति) बालाजु बाइसधारा भित्र हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरुको लागि स्थानीयहरुले उपयोग गर्दै आएको शितला माइको सामुदायिक ट्रष्ट माथी अतिक्रमण गर्दै, परापुर्वकाल देखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक कार्यमा बाधाअड्चन खडा गर्ने काम गरेको प्रती ध्यानाकर्षण गराउदछौ।
३) मन्दिर प्रवेशद्वार सम्बन्धमा
काठमाडौं महानगरपालिकाको अस्तित्व हुनु भन्दा अगाडि नै बालाजु बाइसधारामा शितला माइ मन्दिर र रत्नचुडेश्वर मन्दिरहरु रहेको र उक्त क्षेत्रको पहिले देखि नै आफ्नो छुट्टै प्रवेशद्वार रहेकोमा अहिले बन्द गर्दै, पुजाआजा गर्न आउने भक्तजनहरुलाई पनि टिकट काट्नु पर्ने अवस्था सिर्जना भएको हुनाले, पुरानो मन्दिरको प्रवेशद्वार खोल्नको लागि ध्यानाकर्षण गराउदछौ।
४)(ल्हुति) बालाजु बाइसधारा उद्दानले साझ ६:३० बजे गेट बन्द गर्ने सम्बन्धमा
(ल्हुति) बालाजु बाइसधारा उद्दान बनाउन जग्गा, श्रमदान गर्ने स्थानीयवासीहरुको मर्म विपरित, उद्दान भित्र कैद मठमन्दिर, धर्म, संस्कृति जोगाउन गरिने पुजाआजामा असर पुग्ने, साथै बिहान चिसोमा निस्किन गार्हो हुने वृद्धवृदार बालबच्चाहरु लगायत साझको समय स्वास्थ लाभको लागि हिडडुल गर्ने साझको समयमा उद्दान बन्द हुने गलत निर्णय सच्चाउनको लागि ध्यानाकर्षण गराउदछौ।
५)(ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नति र पुरातात्त्विक सम्पदाको संरक्षण सम्बन्धमा
(ल्हुति)बालाजु बाइसधारा उद्दान आफैमा प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाले भरिपुर्ण क्षेत्र हो। तर, पछिल्लो समय प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐनलाई बेवास्ता गर्दै, स्थानीयहरुको विरोधको वाबजुद सैयौं बर्ष पुरानो पोखरीहरुमा सिमेन्टले ढलान गर्दा पानीको प्राकृतिक मुहान सुक्न गै २२ धारामा पानी नआउने अवस्थामा पुगेको छ। यसर्थ, प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदा माथी भएको गैरकानुनी कार्य सच्चाउन र (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नती गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउदछौ।
६)स्थानिय तहमा स्थानीयहरुलाई रोजगारको व्यवस्था गर्ने सम्बन्धमा
संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहमा कार्यरत कर्मचारी भर्नामा स्थानीयलाई नै प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउदछौं।
७) (ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र पानीको सम्बन्धमा
(ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र रहेको २२ धारामा पानी आउने व्यवस्था छैन। स्थानीयहरु पानी नपाएर काकाकुल छन्। तर, उद्दान भित्रबाट डिप बोरिङ गरि दैनिक थुप्रै ट्याङकर पानी किन र के का लागि लगिएको हो ध्यानाकर्षण गराउन।
अन्तमास् ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र ९ल्हुति० बालाजु बाइसधारा उद्दानमा भएको धार्मिक तथा सांस्कृतिक अतिक्रमण रोक्न, आर्थिकरनैतिक भ्रष्टाचारको छानबिन गर्न, पुरातात्त्विक सम्पदाको संरक्षण गर्न र गराउन संघर्ष समिती काठमाडौं महानगरपालिकालाई आग्रह गर्दछ।
आयोजक
(ल्हुति)बालाजु बाइसधारा संरक्षण संघर्ष समिती, नागरिक समाज

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१