गायिका आश्मा विश्वकर्माको ‘सधै भरी हास्नु तिमी’ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८०, आईतवार ०५:५८

काठमाडौं । नेपालको पुर्वी तराई जिल्ला सर्लाहीको रमणिय ठाउँमा पिता अमन विश्वकर्मा  र माता मैती कुमारी विश्वकर्माकी कान्छी सुपुत्रीकी रुपमा जन्मिएकी गायिका आश्मा विश्वकर्मा वर्तमान समयमा आफ्नै कर्म भूमीमा संघर्ष गर्दैछिन् । विश्वकर्मा आफ्नै कर्मभूमिमा रहेरपनि गीतसंगीतलाई निकै माया गरिरहेकी छिन् ।

हँसिलो मुहार मिलनसार स्वाभावकी गायिका विश्वकर्माको सानै देखि गीत गाउँने खुवै रुचि थियो । विश्वकर्माले फुर्सदको समयमा गीतहरु गाउने अनि सर्लाही बजारतिर घुम्न जाँदा आफुले सुनेका गीतहरु गुनगुनाउँदै बाल्यकाल बिताएकी थिइन् ।

आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भविष्य बनाउने सुन्दर सपना बोकेकी विश्वकर्माले सोचेजस्तो नभएपछि संघर्ष नै रहेछ जिन्दगी भन्ने लागेको बताइन् । त्यसपछि उनले आफ्नो जीवनको यात्रा सांगीतक माहोलतिर मोडेकी थिइन् । उनले देशको दर्दनाक अवस्था तथा राजनीतिको चपेटामा परेर पनि कहिल्यै अरु नेपाली युवा युवतीहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर प्रवासतिर लाग्ने सोच लिईनन् आफनै मातृभूमिमा संघर्ष गरी रहेकी छिन् ।

सोचेजस्तो कहाँ हुन्छ र जीवन गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन । हो ठ्याक्कै यो गीतले भने जस्तै विश्वकर्माको जीवनमा पनि भयो । अनगिन्ती सपनाहरु मध्येको एउटा अर्को सपना थियो गीत रेकर्ड गराएर नेपालको कुना–कुना, डाँडापाखा र भिर पहरामा गुञ्जाउने ।

तर,अहिले दुई दर्जन भन्दा धेरै गीत गाई सकेकी छिन् ।

आटेपछि नहुने के नै छ र ?
विश्वकमाले घरपरिवारको माया साथ सपोर्ट र हौसलाले गर्दा काठमाडौँमा रहेको धुन कलाकेन्द्र रेकर्डिङ स्टुडियोमा पहिलो पटक वरिष्ट गीतकार अम्बिका गुरुङ्गको शब्दमा रहेको बालगीतमा पहिलो पटक आवाज भरेकी थिइन् । गायिका विश्वकर्मालाई महसुस भयो कि सधैंको व्यस्त आफ्नो काम मात्र होईन गीतसंगीत लाई पनि समय दिन्छु भन्ने लाग्यो र संगीतकार राजन कार्की तथा कैलास राई र षडक संगीत पाठशालामा दुई वर्ष संगीत सिकेकी थिइन् । उनी अहिले आफ्नो गुरुहरुसँग गीत गाउने सल्ला माग्ने गर्छिन्।

नव गायिका रहेकी उनको सुमधुर स्वरमा रहेको ‘सधै भरी हास्नु तिमी’ बोलको गीतको भिडियो पछिल्ले सार्वजनिक भएको कोशेली हो ।

सन्दिप खनालको शब्द रहेको गीतमा केशव विश्वकर्माको संगीत रहेको छ भने आशिष लामाको एरेन्ज र मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाण्डौको कालु पाण्डे डाडाको रमणिय स्थलहरुमा छायाँकन गरिएको गीतको भिडियोमा अनिल खनाल, जुना कार्की र परीक्षण लामाको अभिनय देख्न सकिन्छ।

भिडियोमा माया प्रेम मिलन बिछोडमा डुब्दै गरेका मायालु जोडिबीचको दैनिकीलाई कलात्मकशैलीमा देखाइएको छ । भिडियोमा केशव विश्वकर्माको छायाँकन, प्रदिप कुमार रसाइलीको निर्देशन तथा अमृत चापागाईको  सम्पादन रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१