११ औ नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०८०, आईतवार ०५:५४

काठमाडौं । शनिबार बिहानबाट जमल स्थित नाचघरमा अन्तराष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’  सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै महोत्सब सुरु गरेका हुन् ।
सोमबार २५ असार बेलुकासम्म चल्ने यो महोत्सबमा यसपटक १० वटा अफ्रिकी चलचित्र र नेपालका १२ गरी कुल २२ चलचित्र छन् । जसमा अफ्रिकाको ३ वटा बृत्तचित्र, एउटा फिचर फिल्म र ६ वर्ट सर्ट फिल्म रहेका छन् ।  १० वटा अफ्रिकी चलचित्र मध्य फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ । यस्तै सर्ट फिल्म तर्फ रुवान्डा र स्विजरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साईड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु वाटो छानिएको छ । महोत्सबमा बृत्तचित्र अन्तर्गत जिम्मावेको बृत्तचित्र कलिङ द डेड, युगान्डाको बृत्तचित्र समबडी क्लाप फर मी र केन्याको बृत्तचित्र थ्याँक्यु फर द रेन रहेका छ ।
महोत्सबमा नेपालबाट चारवटा फिचर फिल्म, तीन वटा सर्ट फिल्म, तीन वटा स्टुडेन्ट फिल्म र दुई वटा बृत्तचित्र प्रदर्शनका लागि छानिएका छन् । फेस्टिबलका लागि छानिएको फिचर फिल्ममा दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार श्रेष्ठ निर्देशित भाग्य रहेका छन् ।यो फेस्टिबललाई छानिएको सर्ट फिल्ममा डब्बु क्षत्री निर्देशित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन् । स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ । यस्तै बृत्तचित्र तर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा विभिन्न योगदान पु¥याएका १० श्रष्टालाई उद्घाटन समारोहमा सम्मानित गरियो । सम्मानित हुनेमा चलचित्र तथा भिडियो निर्देशक उमेश गुरुङ, नमित चन्द ठकुरी, चलचित्र निर्माता राजकुमार पण्डित, अभिनेता सँजय खतिवडा, चलचित्र पत्रकारद्धय विष्णुप्रसाद सुवेदी र सविता पोखरेल, अन्तराष्ट्रिय लोकेशन तथा प्रोडक्सन म्यानेजर प्रकाश हमाल, इभेन्ट फोटोग्राफर बद्री थापा, मोडल कलाकार सचिन अधिकारी र मेकअप आर्टिष्ट चन्दा पुन रहेका छन् ।
शनिबार महोत्सबमा उद्घाटनका क्रममा जर्मनी निर्माताको फिल्म ‘वाटु वाटो’ प्रदर्शन गरियो । यो फिल्म प्रदर्शन समारोहमा जर्मनी दुताबासका प्रतिनिधिको पनि सहभागिता थियो । ओस्कार अवार्डको लागि यस अघि अफ्रिकाबाट सर्ट फिल्मको सूचीमा उत्कृष्ट पाँचमा यो सिनेमा चयन भएको थियो । महोत्सबमा शनिबार नै रोशन कुमार श्रेष्ठको चलचित्र भाग्य, परिच्क्षेद सेनको चलचित्र प्रेमगञ्ज, सुमन दाहालको चलचित्र परिवार र अफ्रिकन बृत्तचित्र ‘कलिङ अफ डेड’ प्रदर्शन गरियो ।
यो फेस्टिबलमा आईतबार दिउँसो १२ः३० बाट २ बजेसम्म ‘नेपाली सर्ट फिल्मको अन्तराष्ट्रिय बजार खोजी’ बिषयमा बहस हुँदैछ । यो बसहलाई फेस्टिबल कोअर्डिनेटर चिरञ्जिभी गुरागाईंले सँयोजन गर्नेछन् । बहसमा चलचित्र विकाश बोर्ड सदस्य राजु केसी, चलचित्र निर्देशक पत्रकार गणेश पाण्डे, निर्देशक मनोज पण्डित र चलचित्र निर्माता सुसान्त श्रेष्ठसँग पत्रकार विष्णु सुवेदीले बहस गर्नेछन् ।
यस्तै कलाकार बीरेन्द्र हमालले भोली आईतबार बिहान ७ः३० बजेबाट दिउँसो २ बजेसम्म रियल्सल हलमा छुट्टै ‘एक्टिङ वर्कसप’ गर्दैछन् । उनले ‘बडी ल्याँग्वेज, फेसियल एक्सप्रेसन र माईम एक्ट’को प्रशिक्षण दिने बताए ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यो महोत्सब भईरहेको छ ।
शनिबार लचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले महोत्सब उद्घाटन गर्दै नेपाललाई अफ्रिकन मुलुकमा र अफ्रिकालाई नेपालमा चिनाउन यो महोत्सबले पुलको काम गरिरहेको छ भने । महोत्सबलाई बोर्डले आगामी दिनमा अझ राम्रो सहयोग गर्ने उनले बताए ।
आयोजक तथा फेस्टिबल अध्यक्ष÷ डिरेक्टर डा. मञ्जु मिश्रले आर्थिक अभावका कारण यसपटक अफ्रिकाबाट नेपालमा सिनेकर्मी ल्याउन गाह्रो भएको बताईन् । १३ वर्षअघि धेरै पटक दिल्ली धाएर अनुमति पाएपछि आफुले यो महोत्सब गर्दै आएको उनले जनाईन् । महोत्सबलाई राज्यले सहयोग गर्ने पनि कथन उनको थियो ।
निर्माता संघका अध्यक्ष नवल खड्काले यस्ता महोत्सबले सिनेमा संस्कृति आदनप्रदानसँगै सिनेमा सिकाउने हुँदा सरकारले महोत्सबलाई आर्थिक सहयोग गर्नुपर्छ भने । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले महोत्सबमा सिनेमा हेर्न र गोष्ठीमा भाग लिन आउन सिनेकर्मी तथा सिनेप्रेमीलाई आह्वान गरे । यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले पनि महोत्सबको सफलताको शुभकामना दिए ।
महोत्सबमा सहभागी सिनेमा मध्य उत्कृष्ट सिनेमाहरुलाई अवार्ड प्रदान गर्दै २५ असार सोमबार साँझ ५ बजे यो महोत्सब सकिने महोत्सबका म्यानेजर डब्बु क्षत्रीले उद्घाटन समारोहमा बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१