मोदी सार्क सम्मेलनका लागि नेपाल आउँदा जनकपुर जाने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७१, मंगलवार १३:३५

238900-modi-5काठमाडौं,११ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनका लागि नेपाल आउँदा जनकपुर जाने सम्भावना बढेको छ। त्यसका लागि नेपाल सरकारले तयारी थाल्ने भएको छ।

मंगलबार बिहान संसदको विकास समितिको बैठकमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले प्रधानमन्त्री मोदी जनकपुर जाने सम्भावना बढेकोले यसको तयारी गर्नुपर्ने बताएका हुन्।

मोदी सार्क सम्मेलन सकेर जनकपुर जाने वा सम्मेलनमा आउनुअगाबै भारत पट्नाको सितामणि हुँदै स्थलमार्गबाट जनपुरस्थित रामजानकी मन्दिर दर्शन गर्न आउने सम्भावना रहेको सचिव सिटौलाले जानकारी दिए। यो विषयमा छलफल सुरु भइसकेकाले महोत्तरीको भित्थामोड सिमाबाट जनकपुरसम्मको बाटो स्तर उन्नती गर्नुपर्ने उनले बताए।

मोदीको जनकपुर भ्रमणको तयारीका लागि भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधि जनकपुर गइरकेका छन्।

त्यसैगरी काठमाडौंमा भएको पूर्वाधार विकास सम्बन्धमा छलफल गर्न भारतीय यातायात सचिव अक्टोबर २९ मा नेपाल आउनेसमेत सिटौलाले विकास समितिको बैठकमा जानकारी गराए।

त्यस्तै, नोभेम्बर ११ तारिकमा भारतीय यातायात मन्त्री मितिन गड्करी पनि सार्कसम्मेलको तयारीबारे बुझ्न र नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा सम्बोधन गर्न नेपाल आउँदै छन्।

भारतीय सचिव र मन्त्रीको भ्रमणका बेला हुलाकी राजमार्गको सम्बन्धमासमेत छलफल हुने सचिव सिटौलाले जानकारी दिए। भारतीय सहयोगमा निमार्धान यो राजमार्ग विभिन्न समस्याका समयमा बन्न सकेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१