सगरमाथा स्कुलले बनाएको संरचनामाथि डोजर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८०, आईतवार ०५:००

पोखरा। पोखरा महानगरले फिर्के खोला अतिक्रमण गरी सगरमाथा स्कुलले बनाएको संरचनामाथि डोजर चलाएको छ । सगरमाथाले अटेरी गरी फिर्के खोला अतिक्रमण गरी पर्खाल लगाएको महानगरले जनाएको छ ।

पोखरा महानगर नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले फिर्केको मापदण्डबारे नै विवाद रहेकाले नयाँ संरचना नबनाउन पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि भत्काउनुपरेको जानकारी दिए ।

‘उहाँ (सगरमाथा)को पुरानो संरचनाको विषयमै विवाद छ । त्यसका लागि छलफल भएर निर्णय हुनै बाँकी छ,’ थापाले भने, ‘नयाँ संरचना नबनाइदिन आग्रह गरेका पनि थियौं । तर, जबरजस्ती रुपमा तारजाली गरेर पर्खाल लगाएकोले भत्काउन बाध्य भयौं ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१