दाइभाइबीच कुटाकुट हुँदा रोल्पामा एक जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७१, मंगलवार ०५:५२

रोल्पा ,११ कार्तिक ।  तिहारको बेला मादक पदार्थ सेवन गरी दाइभाइबीच कुटाकुट हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ। तीनजना भाइको कुटाइबाट धबाङ-६ चिउरीधाराका ३६ वर्षीय जेठा दाइ कुलबहादुर घर्तीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार भाइटीकामा चारभाइले रक्सी खाएर विवाद गरेका थिए। विवादकै बेला उनीहरूबीच कुटाकुट हुँदा जेठा दाइको मृत्यु भएको थियो। रोल्पाका प्रहरी नायब उपरीक्षक नविनराज राईका अनुसार तीनभाइले दाउराले हिर्काउँदा टाउकोमा चोट लागेका कुलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। images (17)

घटनाको भोलिपल्ट प्रहरीले तीन भाइलाई पक्राउ गरेको छ। प्रनाउ राईका अनुसार हत्यामा संलग्न आरोपित सहोदर माइला भाइ ३४ वर्षीय नरबहादुर, साइँला भाइ ३२ वर्षीय वुद्धिमान र कान्छो भाइ २५ वर्षीय प्रताप घर्तीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ। गाउँलेका अनुसार उनीहरूका बीच अंश सम्बन्धी विवाद रहेको बताइको छ। उनीहरू अलग-अलग बस्ने गरेको भएपनि तिहारमा भेट भएका बेला अंशबन्डा सम्बन्धी विवाद भएको हुनसक्ने प्रहरीको आशंका छ।

छिमेकी मोतिलाल डाँगीका अनुसार विवादका बेला सबभन्दा पहिला जेठा दाइले तीन भाइलाई कुटेका थिए। दाइको कुटाइबाट आवेसमा आएका भाइहरूले कुट्दा उनको मृत्यु भएको हो। घटनास्थल सदरमुकाम लिबाङबाट तीन घण्टा पैदलमा पुगिन्छ। केही साताअघि पनि जुगारमा रक्सी खाएर आपसमा कुटाकुट गर्दा एक जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१