नुहाउने क्रममा बालिकाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार १७:३६

रौतहट,१०  कात्तिक ।  नुहाउने क्रममा पोखरीमा डुबेर यहाँ एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवाही गाविस–३ का नागेन्द्र साहकी १३ वर्षीया छोरी मधु साह भएको प्रहरीले जनाएको हो ।


बाख्रा चराउन गएको समयमा आज १२ः३० बजे साथीसँगै नुहाउन खोज्दा उनी डुबेको सशस्त्र बेस क्याम्प देवाहीका सशस्त्र प्रहरी निरीक्षक शत्रुधन ठाकुरले बताए ।

बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१