शक्तिशाली आँधी ‘नीलोफर’भारत तर्फ अघि बढिरहेको मौसम विभागको पुष्टि : सर्वसाधारणमा त्रास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ११:१४



काठमाडौं, १० कार्तिक  । भारतमा शक्तिशाली आँधी नीलोफर आउन सक्ने भन्दै सबैलाई सचेत रहन चेतावनी दिइएको छ । भारतीय मौसम विभागले पश्चिमी तटतिर अघि बढिरहेको नीलोफर आँधीले २४ घण्टा भित्रमा भीषण रुप लिन सक्ने भन्दै सबैलाई सचेत रहन चेतावनी दिएको हो ।

नीलोफर आँधीका कारण सबैभन्दा पहिले गुजरात र महाराष्ट्रमा भारी बर्षा हुने र पछि विस्तारै भारतभर फैलन सक्ने भारतीय मौसम विभागको अनुमान छ ।
मौसम विभागले चेतावनी दिएपछि सर्वसाधारणमा भने त्रास फैलिएको छ । यस आँधीको प्रभाव नेपालमा पनि पर्नसक्ने बताइएको छ । तर नेपालको मौसम विभागले भने यसबारे केही जानकारी गराइसकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१