जीवनकालमा देख्नै पर्ने दुनियाँका ५ स्थान (फोटो फिचर) : संसारका ७ आश्चर्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ११:०५

हाम्रो देश सुन्दरताको धनी देश हो । यहाँको प्राकृतिक सुन्दरता अवलोकन संसारका कुना कुनाबाट मानिसहरु यहाँ आउँछन् । तर यहाँ दुनियाँका त्यस्ता स्थानहरुको सूची प्रस्तुत गरिएको छ जहाँ जीवनमा एक पटक पुग्नै पर्ने भनिन्छ ।  हालै गरिएको एक अध्यनबाट संसारका पाँच स्थान जीवनमा पुग्नै पर्ने स्थानको सूचीमा सूचीकृत भएका छन् ।

नायगरा फल्स





 क्यानडा र अमेरिकाको बीचमा पर्ने ती विशाल झरनाको नाम हो नायगरा फल्स । यहाँको पानीको सुन्दरता विश्वमै सबैभन्दा मन लोभ्याउने दृष्यमा पर्छ । न्यूयोर्क र ओन्टारियो प्रान्तकोबीचमा पर्ने यो नायगरा फल्स हेर्न लाखौं मानिस यहाँ पुग्ने गर्छन् ।

 नर्दन लाइट्स् 







(उत्तर ध्रुवीय आभा) उत्तरी ध्रुवको आकाशमा देखिने विद्युतीय आभा पनि जीवनमा हेर्नै पर्ने दृष्यको सूचीमा परेको छ । बेलायती हवाइ क्षेत्रमा देखिने यस्ता दृष्य विमानबाट पनि सबैभन्दा हेर्न लायक दृष्यकोरुपमा पनि मानिन्छ । बेलायत सहित यस्तो लाइट उत्तरी अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिकामा देखिन्छ ।  

ग्रेट केन्योन कोलोराडो


 त्यसैगरी अमेरिकाको कोलोराडोमा रहेको ग्रेट केन्योन पनि विश्वका हेर्न लायक ठाउँको सूचीमा परेको छ । विशाल चट्टानी यो क्षेत्रका विषयमा १६ औं सताब्दी देखि अनेकन किस्सा लेखिएका छन् । ग्रान्ड केन्योन राष्ट्रिय निकुन्ज भएर कोलोराडो नदी पनि बग्छ ।


  इजिप्टका पिरामिड


 इजिप्टका पिरामिण मानव शभ्यताकै सबैभन्दा पुराना पिरामिण मानिन्छन् । तत्कालीन राजपरिवारका सदस्यका शवलाई सुरक्षित राखिएका यहाँका पिरमिण भ्रमण गर्न वर्षेनी हजारौं मानिस विश्वकाका कुनाकुनाबाट इजिप्ट पुग्ने गरेका छन् ।


  ग्रेटवाल अफ चाइना 



चीनको ग्रेटवाल पनि विश्वका आश्चर्यमा समावेश छ । चन्द्रमाबाट समेत देखिने भनिएको यो ग्रेटवालको अवलोकन गर्न वर्षेनी हजारौं देशी विदेशी पर्यटक ग्रेटवाल पुग्छन् । यो पनि जीवनमा एक पटक पुग्नै पर्ने ठाउँको सूचीमा सूचीकृत छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१