पूर्वरानी कोमल शाह अस्‍वस्थ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ०८:१९
komal_24801
काठमाडौँ ,१० कार्तिक । छोरा पारस शाह थाइल्यान्डमा चरेशसहित समातिदा स्वदेशमा पूर्वरानी कोमल शाह अस्‍वस्थ भएकी छन्। छोराको चिन्‍ता र दरबार हत्‍याकाण्‍डको बेला लागेको गोलीको छर्राले दु: ख दिन थालेपछि उनी विरामी परेकी हुन्। कोमललाई लागेको गोलीको छर्रा निकाल्‍न कोमल बेलायत र सिंगापुरसम्‍म पुगिसकेकी थिइन।तर त्‍यहाँका चिकित्‍सकले छर्रा ननिकाल्‍न सुझाव दिएपछि ननिकालीकनै फर्किएकी थिइन्। सोही गोलीको छर्राले कोममलाई अप्‍ठ्‍यारो पारेको छ।
यता, चिकित्‍सकहरुले उनलाई लागेको गोलीको छर्रा मुटुको नजिकसम्म पुग्न लागेको बताउदै आएका छन्। यसकारण कोमलको छातीमा असजिलो महसुस भएको छ। राजधानीको छाउनीस्थित सैनिक अस्पतालमा डा. किशोर राणाले उनको स्वास्थ्य उपचार गरिरहेका छन्। कोमललाई एक दुई महिनामै भारतमा पुगेर उपचार गर्न समेत चिकित्सकहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१