रौतहटलगायत मध्यतराईका जिल्लामा छठ पूजाको तयारी तीव्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७१, आईतवार १३:४०

रौतहट। रौतहटलगायत मध्यतराईका जिल्लामा छठ पूजाको तयारी तीव्ररुपमा भइरहेको छ ।

यही कात्तिक १२ गते परेको छठ पूजाका लागि मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका कामहरू तीव्र रुपमा भइरहेको छ ।

यसैक्रममा रौतहटको चन्द्रनिगाहपुर, गरुडा, गौर, सिम्राभवानीपुर, समनपुरलगायत ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ ।

छठपूजाका दिन छठघाटमा आउने भक्तजन र दर्शनार्थीका लागि आवास तथा सुरक्षाको प्रबन्ध मिलाउन विशेष तयारी भइरहेको पनि छठ पूजा समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१