ओखलढुंगामा जीप दुर्घटना, ७ जनाको मृत्यु, १३ घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७१, आईतवार १३:२७

a65744ee3b4e01e389a5ab35e1fd72efओखलढुंगा, ९ कार्तिक । ओखलढुंगाको अधेरी नारायणस्थानमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। निशङ्खेबाट सदरमुकाम ओखलढुंगा तर्फ आउदै गरेको बा ५ च ५८७८ नम्बरको जीप आइतबार बिहान करिब १० बजेतिर सिद्धिचरण नगरपालिका ११ नारायणस्थानमा भएको दुर्घटनामा २ महिला सहित ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

दुर्घटनामा घाईते भएका १३ जनालाई उपचारका लागि मिसन अस्पताल ओखलढुंगा लगिएको छ । घाईतेमध्ये एकजनाको अवस्था गम्भिर छ ।
ज्यान गुमाउनेहरुमा ठूलाछाप ७ बस्ने मनिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खत्री, तलुवाका टिका बस्नेत, ठूलाछाप ८ का तेजबहादुर बस्नेत, ठूलाछाप ४ का दोहिनी भट्टराई र वाप्सा ९ का महनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१